एम.टि.यु.कोरियाले जनवरी २७ मा प्रवासी मजदुरसँग सम्वन्धित शैक्षिक तथा अन्तरक्रिया कार्यक्रम गर्ने

0
222

प्रवासी मजदुर युनियन (MTU) दक्षिण कोरियाले प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैक्षिक तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ। प्रवासी मजदुरहरुको हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर युनियन एम.टि.यु.ले नियमित रुपमा गर्दै आइरहेको शैशिक तथा अन्तरक्रिया यो पटक जनवरी २७ तारिक आईतबार गर्न लागेको हो।

सुचनामा बताए अनुसार प्रवासी मजदुरलाई मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धि परिवर्तन हुने लागेको नियम कानुन, इ.पि.एस. कानुन, प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय, थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षतिपूर्ति लिने प्रक्रिया, २०१९ को न्यूनतम तलब, मजदुर संगठन र यसको गतिविधि, नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका, आवास आधार कानुन, कोरियाले बनाउन लागेको इ.पि.एस.को मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्य आयोजकले राखेको छ ।

-- Ad --


साथै, नँया बर्ष २०१९ को शुभकामना आदन प्रदान पनि गरिनेछ भने सोही दिन एमटियु उइजुंगबु शाखा सदस्य लगायत सबै प्रवासी मजदुरहरुलाई सहभागीताको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

स्थान: ख्यंगीदो, उइजुंबु KM Study cafe , रेल लाइन न १,  गेट न. ५ बाट ५ मिनेट जति नजिकै

समय : दिनको १:३० बजे

सम्पर्क : उदय राई ०१०-५६७५-२०११, नारायण भुसाल ०१० -९०६२-२४८४, क्रिश गुल्मेली बाबू ०१०-५९४५-१९३७, मधुसुदन ओझा ०१०-३०४६-२९८४

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here