एम.टि.यु.ले मनायो भब्यताका साथ १८ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस

719

प्रवासी मजदुर युनियन (एम.टि.यु) ले अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाएको छ। कोरियाको राजधानी सउल स्थित ख्वांगह्वामुनमा युएनबाट घोषित १८ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस आज भब्यताका साथ मनाएको हो।

दिबसमा एमटियु अध्यक्ष उदय राईले प्रवासी श्रमिक कोरियामा लामो समय देखी बसोबास गर्दै आईराखेको भए पनी श्रमिकको हक अधिकारको हिसाबले अवस्था नाजुक रहेको र कोरियन सरकारले संयुक्त राष्ट्र संघ द्वारा जारी गरिएको प्रवासी श्रमिक र उसको परिवारको अधिकार रक्षा सम्बन्धी कन्भेन्सन कोरियन संसदबाट अनुमोदन गराउनु पर्ने, आफुखुशी कम्पनी परिवर्तन गर्न पाउने सहितको wps लागु हुनुपर्ने, प्रवासी श्रमिक आवश्यकताको बस्तु मात्र नभई एक श्रमिक भएकोले एक श्रमिकको रुपमा पाउने सबै हकाधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा बोल्दै केसिटियु उपाध्यक्ष 봉혜영 फुङहे यङले कोरियामा प्रवासी श्रमिक माथि गर्ने भेदभाव अन्त्यका लागी समान ज्याला समान अधिकार र समान व्यवहार लागु हुनुपर्ने बताएका थिए भने बिना भिषाको प्रवासी श्रमिकलाई गैर-कानुनी भन्न नहुने एमटियु बरिस्ठ उपाध्यक्ष मामुन सेखको भनाई रहेको थियो।

प्रवासी मजदुर युनियन (एमटियु) ले प्रवासी श्रमिकले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्ने, खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने, कम्पनी ब्यबसायीले प्रबासी श्रमिकको तलब घटाउन गरिएको माग फिर्ता लिनु पर्ने, इ.पि.एस. अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने, ३ बर्ष पछि गरिने १ बर्ष १० महिनाको सम्झौता कम्पनी मालिकको बिना सहमति गर्न पाउनु पर्ने, आफ्नो परिवार झिकाउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढी अवधिसम्म काम गर्नु पाउनु पर्ने, कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने , कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, कृषि क्षेत्रको श्रमिकले उत्पादन क्षेत्रमा काम परिवर्तन गर्न पाउनु पर्ने, प्रवासी श्रमिक र उसको परिवारको अधिकार रक्षाको निम्त्ती संयुक्त राष्ट्र संघबाट जारी कन्भेन्सनलाई कोरियन संसदबाट अनुमोदन गर्नु पर्ने लगायतको माग गर्दै बिगत देखि नै आन्दोलन गर्दै आइरहेको छ भने आन्दोलनकै कारण केहि नियमहरु पनि श्रमिकको हितमा परिबर्तन भईसकेको छ।

दिबसमा नेपाल लगायत बिभिन्न देशको प्रवासी श्रमिकले आफ्नो समस्या राखेका थिए भने बाक्लो संख्यामा प्रवासी श्रमिकहरुको उपस्थितिमा दिबस भब्य रुपमा सम्पन्न भएको एम.टि.यु सचिब मधुसुधन ओझाले बताउनुभयो।

भिडियो :

 

प्रतिक्रियाहरू