एसियाकै पहिलो 5 जी निर्माण कर्ता कोरियाले ब्याक्तिगत प्रयोगकर्ता लाइ पनि खुल्ला गर्दै सेवा

1506

एसियामै पहिलो पटक 5 जी निर्माण कर्ता देश दक्षिण कोरियाले पहिलो पटक सर्बसाधारणको लागि पनि सेवा खुल्ला गर्ने भएको छ l

कोरियामा रहेका ३ वटा मोबाइल सेवा कम्पनि एसके टेलिकम , केटि तथा एल जी यु प्लस मार्फत खुल्ला गर्न लागिएको उक्त सेवा यस भन्दा पहिला गत डिसेम्बरमा कम्पनि प्रयोजनको लागि मात्र खुल्ला गरिएको थियो l

कोरिया टाइम्सका अनुसार उक्त सेवा यहि फेब्रुरी २५ देखि व्यक्तिगत प्रयोजनको लागि खुल्ला गरिने छ l अत्याधुनिक प्रबिधिमा आधारित उक्त सेवाले  संचार क्षेत्रमा दक्षिण कोरियालाई पाँचौ जेनेरेसनको देशको रुपमा चिनाउने अपेक्षा गरिएको छ l

प्रतिक्रियाहरू