ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

913

गत जेठ ३गते नेपालमा दुई ठुला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भए लगत्तै ती दलका भातृ सङगठन हरु प्रवासी नेपाली मन्च दक्षिण कोरिया र जन प्रगतिशील मन्च दक्षिण कोरिया ले संयुक्त रुपमा दक्षिण कोरिया को राजधानी सउल स्थित नेपाल हाउसमा दिपावाली मनाएका छ्न। उक्त कार्यक्रममा बोल्दै प्रवासी नेपाली मन्च( ओ.एन.एफ) का अध्यक्ष परशुराम सापकोटा ले नेपालि ले चाहेको शुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई बाम एकाताले शिखरमा पुराउने बिश्वास लिएकाे बताए ।उनले भने “हामी सबैलाई बधाई तथा यस महान कार्यलाई मुर्तरुप दिएकोमा दुई अध्यक्ष हरु केपि शर्मा वलि र पुस्प कमल दाहाल प्रचण्ड लाई हार्दिक धन्यवाद”।

त्यसै गरि जन प्रगतिशील मन्चका अध्यक्ष खगेन्द्र बुढा मगरले जहिले टुट र फुटेको राजनीति मात्र गरेकोले नेपालीले चाहेजस्तो परिवर्तन आउन नसकेको भन्दै अब बाम एकता देश निर्माणको लागि कोसेढुङा साबित हुने छ र नेपालमा रहेका अन्य कम्न्युस्ट हरुपनि एकजुट भएर अगाडि बढनुको बिकल्प नरहेको धारणा ब्यक्त गरेका थिए ।

एक आपसमा शुभकामना आदान प्रदान तथा खुशियाली साटसाट गर्दै त्यहाँ उपस्थित दुबै संगठनका नेता तथा कार्यकर्ताहरुले “हाम्रो एकता अमर रहोस,नेपाल कम्युनिस्ट पाटी जिन्दावाद” भन्ने जस्ता नारा हरु घन्काएका थिए । आगामी दिनमा अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा व्यापक छलफल तथा अन्तरक्रिया गर्नको लागि आगामी मे २७ तारिक आईतवार दुबै मन्चको संयुक्त सचिवलय बैठक सउल मा बस्ने भन्ने निर्णय सङै उक्त कार्यक्रम सप्पन्न भएको थियो

प्रतिक्रियाहरू