कथा:क्रन्धनपुर्ण सुहागरात

0
113

 

बिवाहको पहिलो रात अर्थात सुहागरात।दिनभरिको बैवाहिक समारोहबाट क्लान्त भएको शरिरलाई अस्वभाविक निन्द्रामा पल्टाइएको रात।कुकुरहरु पनि भुक्दा भुक्दै भुक्न छाडेर अल्पस शयन गरेको रात।चराचुरुगिं पनि हाँगा-हुँगिमा,गुँड टोड्कामा दिनभरिको आफ्नो थकानलाई मेट्दै गरेको रात।पशुचौपाय सधैझैँ गोठगोठमा बसिबसि निन्द्रामै ओक्राऊदै गरेको रात।त्यो निर्जन र चकमन्न रात।निमेशभरकै बेहोसिबाट होसमा आऊने बित्तिकै मनमायाको तल्लो पेट बेजोडले हुडलिन्छ।अटुट दुख्न थाल्छ ऊसको पेट अशैय भएर।यहि मौकामा मनमाया रमेशलाई अलंग्य आन्नादमा अहनिर्शि पहिलो कामबासनाबाट तृप्त भएकै बखत सुकमोल र सुवासयुक्त बिछ्यौना छाडेर निस्कन्छे सुहागकक्ष बाहिर।मनमायाले आफ्नो मनको आकाशगंगाजस्तै बाहिरको परित वातावरण तमिस्त्रीपुर्ण देख्छे।अध्यारो बगरल्ल छरिएर झ्याल, ढोका, भर्याड़,झस्केलो,आगन, बाटो सबै पुरिएको देख्छे।गहिरो घाखत लागेर खुट्टो खोच्याऊदै हिड्ने कुनै पशु चौपायजस्तै ऊ मध्य रातमा अविश्रान्त नभईकन कामयाबि हुन चाहन्छे।तर के यो एकै रातमा सम्भब छ र?मनमाया त्तक्षणको थड़थिलो अवस्थाबाट मुक्त हुनुभन्दा पनि एकै रात दोस्रो,तेस्रो,चौथो हुदै जाने आवृत भयांकर सम्भोगबाट भयभित छे।यदि मनमायालाई त्यस रातबाट मोचन मिल्यो भने ऊसको त्यस रातको सफलता जीबनभरिकै कठिन र चुनौतिपुर्ण कार्यमा पाएको सफलताजस्तै लाग्नेछ।
पतिको जहडि कामन्धबाट मोचन पाऊन ऊसले पथ्य समय आजै,अहिल्यै,यहि मध्य रात ठहर्याएकि छे।रमेशको शरिरले झन मात्तिएर बेहोसि पारामा स्पर्श गर्नुभन्दा पहिल्यै ऊ अनेक ताडन सहेर ऊठेकि छे ऊसैको आँखा छलेझै गरेर।तर यो त मनमायालाई लागेको जीबनकै फरक तर प्रथम डर न हो।अन्धकारमा निष्प्रभ बनि पाहिला चाल्दै गर्दा ऊनको मनमा काकतालिय एक स्त्री वाणि गुञ्जिनछ, “मनमाया सबै निम्तालु वा समारोहमा आमन्त्रित गुन्डकहरुलाई सुतिरहेकै अवस्थामा आँखा छलेर सुईकुच्चा ठोक।यस्तो अलड़्ग्य आर्तबाट मुक्ति हुन जोगामेसो पहिल्याईहाल त।”बास्तबमा ऊ रमेशको फुकाफाल बिसम्भारबाट अमलेख मिलोस भन्दै छटपटाऊदै फाकटमा पुगि बिलिन हुन चाहन्छे।
मध्यरातमा टल्किने किञ्चित असरल्ल छरिएका स्वेद चिज वा बस्तुहरुले ऊसको गन्तब्यलाई थोरै भएपनि कान्ति दिन्छन।तर नयाँ घरमा त्तक्षण कहा सजिलो हुन्छ र ऊसलाइ त्यहाबाट भाग्न?चकमन्न कोठाचोठामा बिस्तारै ऊ अन्तरचक्षु लगाऊदै,थरथर कामेका हातले अन्दाजमा पर्खाल छाम्दै ऊ भ्र्याड़मा पुग्छे।त्यस्तो तमोमय रातमा मनमायाको चर्तिकला देखेर रमेश अचम्मित मात्र हुदैन।ऊ नव विवाहित पत्निको खोजपुर्ण आत्मखेवार देखेर गमक्क पनि पर्छ।रमेशले हत्तपत्त भनिहाल्छ”सोधेको भए त भैहाल्थ्यो नि”।ऊ नजिकै पुगेर ऊसलाइ शौचालय देखाऊछ।माया झस्किन्छे ऊसलाई देखेर।ऊ मध्यरातमा तर्सिन्छे ऊसको हातले फेरि आफ्नो थर्थराऊदो कायलाई समाएको देखेर।रमेशले शरिरको कम्पन थाहा पाऊछ कि भन्दै ऊ डराऊछे एकछिन।ऊसले रमेशको दायाँ हात ऊसको अंगालोबाट फुत्त झारिदिन्छे।फेरी मनमाया प्रतिकथन नगरि ऊभिन्छे।रमेशले ऊसलाई हातले डोहोर्याऊदै शौचालय पुर्याऊछ र बत्ति बाल्छ।मनमाया उपरत मुहारकासाथ अपृच्छक बनि शौचालयभित्र पस्छे।
त्यस रात रमेशको भयांकर ईसिप्ततालाई  मनमायाको शारिरिक उत्तापले खलल पुर्याऊछ।खलल त के भन्नु रमेश पनि त नव पत्निसंग सुहागरातमा काहा स्थुल भएर बस्न सक्छ र?ऊसले चालेको पाहिला हर परपुरुषले आफ्नी अंगनालाई गर्ने फुकाफाल कार्यजस्तै न हो।संगै जिऊने र संगै मर्ने कसम खाएको सम्झदै ऊसले पत्निलाई पछ्याएको न हो मध्य रातमा।ऊसलाई पनि निन्द्रा लागेको त हुदै हुदैन नव श्रीमतीको क्रन्दन देखेर।ऊसको अनाविष्ट अकामन्ध शैलि देखेर।ऊसको भयावयता र बेफिक्रिता देखेर।अनाकर्षणता देखेर।
रमेश उत्तेजित हुदै मध्यरातमा मनमायाको ब्यग्र पर्खाईमा छटपटाईरहन्छ।ऊ ऊभिएर यता र ऊता गर्छ, गरिरहन्छ।रमेशको पहिलो गमन अर्ध तृप्तिमा त्यतिकै सकिन्छ।मनमायाको चिच्याहटले रमेशभित्र पनि आतेश जाग्छ।यद्दपि सुहागरात भएकाले ऊ पछि हट्न मनै गर्दनै।नव पत्निको आगमनलाई अटुट कुरिरहन्छ ऊ अध्यारो प्रणयकक्षमा।पहिलो चोटि त मनमायाको नाऊम्मेद देखेर ऊ सम्हालिन्छ।तर अब त्यो दुरान मनमायाले निपीडन नगरोस भन्ने चाहन्छ।मधुपवनमा प्लावित भई ऊभय अमरपुर पुगौ भन्ने चाहन्छ।सुहागरातमा हर पुरुषले नव प्रणयिनिसंग गर्न सक्ने जुनसुकै काम ईसिप्त गरेझै ऊपनि निकै आतुश छ।दुई बसन्त आधा ऊमेर काट्दा पनि ऊसको कुनै नरनारिसंग सम्बन्ध नगासिनुमा ऊ छक्का पञ्जा गर्न नजान्ने एक सरल र शिष्ट केटो भएको बुझिन्छ।त्यहि भएर पनि ऊभित्र कामन्ध शैलि अस्मेल हुन्डरि बनेर आऊछ।तर यो कुरा मनमायालाई कसरि थाहा होस ।
मनमाया धेरै दहकस मान्दै ओछ्यान चढ्छे पुच्छारबाट।ऊ आफ्नो पतिलाई छोईएलाझै गेरेर लुसुक्क चढ्छे ओछ्यान पनि।ऊ भयभित भएकी छे।ऊ आक्रान्त भएकी छे रमेशको आवृत झम्टाईबाट।मध्यरातसम्म अर्थात रातको एक बजिसम्म मनमायाका आँखा अटुट टोलाईरहेकै छन।ऊसले रमेशलाई नियालेर हेर्छे।मनमाया पति निदाओस भन्ने चाहान्छे।तर पतिलाई ओछ्यानमा चलायमान भईरहेको पाऊछे।ऊसले आफ्नो शरिरलाई ओछ्यानमा फ्यालिदिन्छे पहिलेको भन्दा होसियार बनेर।निकै शिथिल र मरेको जस्तै हुन्छ ऊसलाई ओछ्यानमा लमतन्न हुदा।किशोरावस्था टेकेपछि मनमाया कुनै परपुरुषसंग सुतेको यो पहिलो चोटि हो।मनमाया सुत्ने बित्तिकै रमेश छटपट छटपट गर्न शुरु गर्छ।एक्कासि रमेशको आविष्ट परिणाम ऊसको स्थुल हाततिर देखिन्छ।ऊसले आफ्नो दाया हात सुस्तरि मनमायाको नितम्भमा पुर्याऊछ।मनमाया रमेशको हात बेजोडले झट्कार्छे।मनमाया नराम्रोसंग तर्सिन्छे पनि।ऊभित्र झन त्रासले पिड़ खेल्न थाल्छ।रमेशको लिढेढिपिले  ऊसलाई पलापला जिऊदो बनाईरहन्छ।यस्तो असहनशिल र असिमित दुखाईमा मनमायाले छदम गर्दै बरु भनोस न नव पतिलाई।”हजुर मलाई रजस्वला भर्खर भएको छ।”फेरि सार्है लजालु मनमायाले कसरी मिथ्या बोलोस र त्यस्तो लज्जास्पद कुरो प्रथम चोटी नव पतिलाई ?मनमायाको मनले पटक्कै मान्दैन छदमबेश गर्न पनि।

-- Ad --


रमेश त्यसपछि मात्रै चखमा पर्छ।ऊ मनमायाको नकार्यताले फजित हुदै भन्छ।”मनमाया तिमी लाज नमान।म पति हुँ तिम्रो।”रमेशको अबिरल आग्रह ऊसले सुनिरहेकै हुन्छे।तर तल्लो पेट दुखेर ऊ फेरि फतक्कै हुन्छे।ऊसले प्रतिऊत्तर पनि दिन नसक्ने गरि निर्वाकताको स्थितिमा गुज्रिरहेकी हुन्छे।अध्यारो कोठामा यदि कुनै आलोक हुनथ्यो त रमेशले ऊसको अमर्षि मुहार हेरेरै पत्ता लगाऊथ्यो कि मनमाया फिराद गरिरहेकि छे।ऊसलाई ठुलो आर्तले थिचेको छ।वा मनमाया सामान्य अवस्थामा छदै छैन।
मनमायाको अटुट जीऊदोपन र रमेशको ताकछोपले  रातको तीन बजिसकेको हुन्छ।यसबिचमा मनमायाले ठुलो तकलिफ सहनुपर्यो।रमेश फेरि जोड गर्छ “मनमाया,ए मनमाया,आज हाम्रो सुहागरात पो त।”ऊ बिस्तारै ऊसका हात ऊसको बदनतिर पुर्याऊछ।तर रमेशलाई ऊसका हातले ऊसको त्यो तुगंस्तन स्पर्श गर्न निकै कठिन पर्छ।मनमायाले आफ्नो शरिरलाई एक बर्कोले बेरिसकेकी हुन्छे।त्यसपछि माथि मुख्य ओड्ने हुन्छ जुन रमेशसम्म ढाकिएको हुन्छ आफु निश्चिन्त भई निदाऊनु अगाबै।तथापि ऊ मात्तिएर पत्र पत्र बर्को पन्छाऊने चेष्टा गर्छ।जब रमेशभित्रको चाहना सम्हाल्न नसक्ने अबस्था हुदै कामकलोलको शुरुवाति अबस्थामा पुग्छ।मनमाया निन्द्राबाट झसंग ब्युझिन्छे।ऊसले आफ्नो श्रीमानलाई आफुमाथि कामक्रिडाको तरखरमा देख्छे।बल्ल बल्ल गलेर शिथिल भएको ऊनको शरिरले त्यो समय एक झमक बेहोसि पारामा निदाऊन मात्र पाएको के थियो श्रीमानको कामवानले ऊसलाई ब्युझाईहाल्छ।काममोहित श्रीमानलाई ऊसले आत्तिदै बल्ल भनिदिन्छे।”हजुर आज गार्हो भएको छ।”रमेश फगत एक औल पछि सरेजस्तो मात्र गर्छ मनमायाको निन्द्राबाट ब्युझिए लगतै गर्ने निन्द्रालु उच्छवासले।मनमायाको लामो समयपछिको निनाधिले।”तिमीलाई ब्रिडाले छोपेको हो र?नलजाऊ न यसरी।”रमेश रतिक्रिडाले आक्रान्त भएर स्नेहरुपि बाणि पस्कन्छ।कामतुर हुदै फेरि कानैमा मुख टसाएर थप्छ ऊ।”तिमी त मेरो पत्नि भै सकेको छौ हिजोबाट।”रमेश फेरि मातिन्छ मनमायाको मौनताले।मनमायाको शल्लकभित्र अशैय दुखाईको क्लेद छ भने बाहिर आफ्नो नासमझ पतिको अस्खलित स्थिति।मनमायालाई यस्तो अगम असमन्जस स्थिति आऊछ कि ऊ पतिको जब्बरजस्त ईशताको ईलजाम थुपार्न पनि सक्दिन।रमेशको गौरांगी रमणिको मौनता र निर्भिकताको स्थितिले झन ऊसको निबिड चाला चुलिदै जान्छ र यो चालले मनमाया शायद मरेजस्तै हुन्छे।त्तपश्चात ऊ आफुलाई एकदम निफर र कान्तिहिनताको स्थितिमा पुगेको महशुश गर्न थाल्छे।ऊसले आफुलाई अस्पतालको शैयामा रोगसंग पौठेजोरि गर्दै छटपटाईरहेको स्थितिमा भएजस्तै पाऊछे।आफुलाई उत्खण्डित भएको पाऊछे।आफ्नो सौम्य हृदय कुमारित्वलाई स्कन्दित भएको पाऊछे।उ अपरिम्य दुखाई र बर्चोटले आशुका ढिक्काहरु खसाऊन थाल्छे।यतिखेरै बाँसझ्याड़मा चराचुरुगीं चाईचाई चुईचुई गर्छन।भालेहरुले पहिलो डाक छोड्छन।कुकुरहरु शायद भुके भुके जस्तो पनि सुनिन्छन।मनमाया गुमज ऊघार्दै क्षितिजतिर हेर्दै गहिरो उच्छबास लिन्छे र  भन्छे।”बल्ल बिहान भएछ।”

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here