कन्सल्टेन्सीको प्रलोभनमा दक्षिण कोरिया अध्ययन गर्न आएका नेपालीको विजोग

0
5380

नेपालका कन्सल्टेन्सीको प्रलोभनमा परी दक्षिण कोरियामा अध्ययन गर्न आएका नेपाली विद्यार्थी समस्यामा परेका छन् । काठमाडौं बागबजारको मिराकल कन्सल्टेन्सी, सिल्भर एजुकेशन, सेभेन एजुकेशन, डिल्लीबजारको सिलिकन एडुकेशन, बानेश्वर थापागाउको प्रोप एजुकेशन फाउण्डेशनबाट अध्ययनका लागि कोरियाका विभिन्न कलेज र विश्वविद्यालयमा आएका नेपाली विद्यार्थी तनाबसँगै समस्यामा परेका हुन् । प्रत्येक कन्सल्टेन्सीबाट हरेक सेमेष्टरमा १० देखि ३० जनाको संख्यामा अध्ययनका लागि कोरिया आएका छन् । चर्को शुल्क बुझाएर अन्डर ग्रेजुएट गर्न आएका नेपाली विद्यार्थीलाई कलेजको शुल्क, खाना लगायतको शुल्क तिर्न धौधौ परेको छ । कन्सल्टेन्सीले छात्रवुत्ति दिने, आवास र खानाको व्यावस्था हुने, कलेज भर्ना भए लगत्तै जागिरको व्यावश्था हुने लगायतका आर्कषक आश्वासन दिने गरेको पिडित विद्यार्थीहरुले बताउने गरेका छन् । कोरिया आएपछि नराम्रोसँग ठगिएको बताउने विनोद शर्मा परिवर्तीत नामका विद्यार्थीले छात्रवृत्ति पहिलो सेमेष्टरमा दिने तर बाँकी सेमेष्टरमा पुरै शुल्क तिर्न पर्दा थप मर्कामा पर्ने गरेको बताए । कोरियन भाषामा दक्ष नहुदाँ नियम अनुसार हप्ताको बीस घण्टे काम पाउन पनि गाहे भएको र जसका कारण कलेज शुल्क लगायतका खर्च जुटाउने मुस्किल भएको गुनासो पिडित विद्यार्थीको छ ।
मध्यम वर्गीय परिवारका विद्यार्थी जागिरसँगै पढ्न पाइने आशाका साथ कोरिया अध्ययनका लागि आएका हुन् । धेरै पिडितहरुले कन्सल्टेन्सी र कोरियाका दलालीबाट आफुहरु ठगिमा परेका बताउने गरेका छन् । नेपालबाट कन्सल्टेन्सी मार्फत पठाएका डकुमेन्ट र इमेल सवै कोरियाको दलाल मार्फत कलेजमा बुझाउने काम हुने गरेको पनि उनीहरुले बताएका छन् । नेपाली कन्सल्टेन्सीले प्रति विद्यार्थी ३,४ लाख खाने गरेको र छात्रवुत्ति पाउने भनि पनि यहाँका कलेजले एक सेमेष्टर पछि छात्रवृत्रि नदिने गरेको रिजाल थरकी एक पिडितले बताएकी छिन् ।
खाना र कलेज फि तिर्न धौ धौ भएपछि पुराना विद्यार्थी तथा इपिएस कामदारलाई काम खोजेर सहयोग गर्न पिडित विद्यार्थीले अपिल पनि गर्ने गरेको नेपाली विद्यार्थी समाज कोरिया सोन्सीकका सभापति विजय बस्नेतले बताउनु भएको छ । अण्डरग्रेजुएट गर्न आएका विद्यार्थी कन्सल्टेन्सीबाट धेरै ठगीएको र यहाँ आएर धेरै दुःख पाएकोले संभावित दुर्घटनाप्रति समाजको चिन्ता रहेको उहाँले बताउनु भएको छ । कोरिया एरोस्पेस विश्वविद्यालयमा विद्यावारिधी गर्न लाग्नु भएका सोन्सीकका पुर्व सभापति समेत रहेका विमल सुवेदीले पनि नेपालका कन्सल्टेन्सीको गलत र वदनियतपुर्ण आश्वासनमा परी अध्ययनका लागि कोरिया आएका विद्यार्थीले दुःख पाइरहेको बताउनु भएको छ । यस बारे सोन्सीकले नेपाली दुतावासलाई ध्यानाकर्षण गराएको र आउने तयारीमा रहेका विद्यार्थीले कन्सल्टेन्सी मार्फत नभएर आफै इन्टरनेटमा खोजेर कलेज वा विश्वविद्यालयमा भर्ना लगायतको प्रोसेस गर्न सुझाव दिनु भएको छ ।
कन्सल्टेन्सीको भ्रमपुर्ण आश्वासनमा आएर दुःख पाउनेमा छेजुको हल्ला, ख्यसङ, ख्यङदोङ, सोलब्रीज, ख्युङ्गी लगायतका विश्वविद्यालय रहेका छन् । जहाँ हरेक विश्वविद्याययमा १०० देखि २०० हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन भने आउने क्रममा पनि रहेका छन् । अध्ययन आउनु अघि कन्सल्टेन्सिको आश्वासन र प्रलोभनमा नपरी राम्रोसँग बुझेर आउन सुझाव रहेको छ । कोरियामा रिसर्च, साइन्स र टेक्नोलोजि विषयका लागि राम्रो मानिएपनि यहाँ मानविकी, व्यावश्थापन, फरेन स्टडिज, एनजिओ स्टडिज लगायत विभिन्न संकायमा अध्ययन गर्न विदेशी विद्यार्थी आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here