
कोरियामा इपिएस कामदारको संख्या बढ्ने क्रम संगै यहा प्रवेश गरेका नेपाली श्रमिक हरुको समस्या पनि बढेर गएको छ l कम्पनि परिबर्तनका समस्या देखि लिएर बिरामी हुदा उपचार नपाउने तथा कम्पनि साहुहरुबाट हुने गरेका गालिगलौज ,कुटपिटका घटना समेत बाहिर आउन थालेको अबश्थामा कोरिया स्थित नेपाली दुतावासको भूमिका के त ? वा श्रमिक हरुका समस्या समाधानमा दुतावासले कस्तो भूमिका निभाइरहेको छ l यिनै बिषयबस्तुमा केन्द्रित रहेर सौल स्थित नेपाली दूतावासका श्रम काउन्सिलर देबराज ढकाल संग हेल्लो नेपाल कोरिया डट कम सम्बादाता पत्रकार किशन गौतमले गरेको कुराकानीमा आधारित एक रिपोर्ट l
प्रश्न – दुतावासमा नेपाली श्रमिकहरुका गुनासाहरु कत्तिको आउने गर्दछन ?
उत्तर – गुनासहरु त अत्यन्तै आउने गर्दछन तर हामीले उक्त गुनासाहरु जायज हुन् वा हैनन् भन्ने बुझेर मात्र समाधान तिर लाग्ने गरेका छौ l
प्रश्न – बिसेष गरि कस्ता गुनासाहरु बढी मात्रामा आउने गरेका छन् ?
उत्तर – यहाँ धेरै किसिमका गुनासा हरु आउने गर्दछन ,जस्तै कम्पनि परिबर्तन गर्न रिलिज पेपर दिएन ,थेजिगुम कम दियो ,ओटी दिएन ,ओटी घटायो ,समयमा तलब दिएन ,कुटपिट गर्यो, मानसिक टर्चर दियो बोनस भिषा थप गरिदिएन , औषधि उपचार गराएन आदि नै हुन् l यहाँ त यस्ता सम्म गुनासा आउने गर्छन कि कोरिया प्रवेश गरेको ४/५ दिन भाको छैन कम्पनीले रिलिज पेपर दिएन भनेर फोन गर्दछन l
प्रश्न -कस्ता खाले गुनासाहरुलाई दुतावासले समाधान गर्दछ ?
उत्तर – कम्पनि साहुले अमानविय तरिकाले मानसिक वा शारीरिक पिडा दिएको अबश्थामा , कतिपय आफ्नो स्वास्थ्यको कारण उक्त कम्पनीमा काम गर्न असमर्थ हुदा हुदै पनि कम्पनीले रिलिज नदिएमा वा कम्पनीको कारण चोटपटक लागि उपचार नपाएमा त्यस्तै खाले जटिल अबश्था देखेमा हामीले हस्तछेप गर्नु पर्ने हुन्छ l तर हाम्रो पनि एउटा कुटनीति दयारा हुन्छ l उक्त दयारा नाघेर अघि बढ्न हामीलाई पनि अफ्ठ्यारो हुन्छ किन कि दुतावास भित्र सम्म मात्र हामी नेपालको कानुन अनुसार चलेका हुन्छौ भने यहाँ बाट बाहिर निस्किसकेपछी हामी पनि कोरियाको नियम कानुन अनुसार नै चल्नु पर्ने हुन्छ l अर्को कुरा समान्य अबस्थामा पनि कम्पनि परिबर्तन गर्न साहुले रिलिज दिएन रिलिज पेपर दिलाइदिनु पर्यो भन्दै फोन आउने गर्दछ l जसले गर्दा उ वास्तविक पिडितनै हो वा होइन पत्ता लगाउन हामीलाई पनि गार्हो हुन्छ l त्यसकारण वास्तविक पीडितका गुनासाहरु ओझेलमा नपरुन भन्ने हाम्रो चाहाना हो l
प्रश्न – कम्पनिले पिडित बनायो ,कुटपिट गर्यो ,सौचालयमा थुन्यो ,भोकै राख्यो यस्तो अबश्थामा दुतावासमा फोन गर्दापनि कुनै सहयोगको आस्वासन सम्म पाइएन ,दुतावासको फोन नै उठेन जस्ता निकै गुनासाहरु सुनिन्छन नि l के हो वास्तविकता स्पष्ट पर्दिनुस न ?
उत्तर – त्यस्ता केहि घटना हरु भएका पनि छन् र जानकारीमा आएका पनि छन् l कतिपयको अबश्था हेरिकन हामीले उद्वार पनि गरेका छौ l कतिपयलाई सम्झाई बुझाई पनि गरेका छौ l सम्बन्धित क्षेत्रका संघ संस्थाहरुको सहकार्यमा उनीहरुको वास्तविक अबश्था बुझ्ने कोसिस गरिरहेका पनि छौ l तर पनि कम्पनिबाट रिलिज पेपर पाउनकालागि मात्र बिभिन्न बाहनामा गुनासा हरु बढी आउदा वास्तविक पीडितका मुद्दाहरु ओझेलमा परेका पनि हुन सक्छन l तर वास्तविक पीडितले उद्दार पाओस भन्ने हाम्रो चाहना हो l जहा सम्म दुतावासको फोन उठेन वा आस्वासन सम्म पाइएन भन्ने कुरा त बास्तबिकता होइन जस्तो लाग्छ मलाई किनकि हामीले फोन त प्राय उठाएकै हुन्छौं l कुनै बेला रातिको समय वा बिदाको बेला भएर नउठेको पनि हुन सक्छ l तर हामी कुटनीति दयारा भित्र रहेर समस्या समाधान गर्न हरदम प्रयासरत छौ l
प्रश्न – तपाइको झन्डै एक बर्षे कार्यकालमा इपिएस श्रमिकका कस्ता कस्ता समस्या समाधान गर्नु भो ? केहि उदाहरण हरु दिनुहोस न ?
उत्तर – म ,श्रम काउन्सिलरको रुपमा कोरिया प्रवेश गरेको १० महिने अबधिमा केहि कामदारहरुका केहि जटित समस्या हरु समाधान गरेको पनि छु र गर्ने प्रयासरत पनि छु l उदाहरण दिनै पर्दा धरानको एकजना राइ भाइको नेपाल मै रहदा हात भाँचिएको रहेछ तर यहाँ प्रवेश गरिसकेपछि उसको काम फलाममा परेछ धेरै वजन भएको ग्रिन्डीङ् मेसिन चलाउनु पर्ने हुदा त्यसको भाइब्रेसनले उसको हात निकै दुखेको रहेछ र काम गर्न नसक्ने अबस्थामा पुग्दा पनि कम्पनीले रिलिज नदिएकोले हामीलाई फोन आयो उनको बास्तबिकता बुझेर कम्पनि परिबर्तन गर्न सहयोग गयौं हाल उनको अबश्था सामान्य छ l त्यस्तै ६ जना जति साहु बाट कुटपिट तथा दुर्ब्याबहारका केस आएकोमा ४ जना ले कम्पनि परिबर्तन सम्म पाएका थिए भने २ जना लाइ सम्झाई बुझाई पछी सोहि कम्पनीमै काम गर्न राजि भएका थिए l कुटपिट को घटनामा कानुनि उपचार तिर पनि लागेका थियौ तर पछी पिडित आफै मुद्दा फिर्ता लिन राजि भए l यी केहि उदाहरण मात्र हुन् l
प्रश्न – तपाइको बिचारमा कम्पनि परिबर्तन रहर कि बाध्यता ?
उत्तर – केहि हद सम्म बाध्यता पनि छ l काम को समस्या ,बसाइको समस्या ,स्वास्थ्यको कारण आदि बाध्यता पनि हो तर यँहा देखासिखी पनि बढी छ l फलानोले यति कमायो ,मेरो त कमाइ कम भयो .ओटी भएन ,रमाइलो ठाउँ परेन आदि भन्दै कम्पनि परिबर्तन तिर लाग्नेको संख्या पनि यहाँ कम छैन l
प्रश्न – इपिएस श्रमिकका समस्या समाधानमा तपाइलाई परेका केहि अफ्ठ्याराहरु पनि छन् कि ?
प्रश्न – अफ्ठ्यारा हरु त हामीलाई पनि धेरै छन् l हामि पनि यहाँको नियम कानुन आनुसार नै चल्नु पर्दछ l कामदारका समस्याबारेमा हामीले पनि यहाको नादंङ्गबू लाइ जानकारी गराउने हो हामि सिधै कम्पनीमा हस्तछेप गर्न गार्हो हुन्छ l अर्को कुरा हामीलाई पनि भाषाको समस्या हुन्छ कतिपय कम्पनि मालिकहरुले अंग्रेजी भाषा बुझ्दैनन् l हामीसंग भाषा अनुवादकको राम्रो ब्याबश्था पनि छैन l त्यो पनि हाम्रो लागि कठिनाइ हो l
प्रश्न – यो इपिएस नीतिनै खराब छ जसको कारण बिदेशी श्रमिकहरु सधै अन्यायम परिरहेका छन् भन्ने कुरा पनि आइरहेको छ नि ? तपाइको बिचारमा के लाग्छ ?
उत्तर – सम्पूर्ण नीति नै खराब त भन्न मिल्दैन तर केहि बुँदा हरु भने सुधार गर्नु पर्ने देखिन्छ l सबै भन्दा सुधार गर्नु पर्ने बुँदा भनेको सहज रुपले कम्पनि परिबर्तन गर्न पाउने अथवा कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा यस्ताखाले समस्या हरु आफै समाधान भएर जान्छन जस्तो लाग्छ मलाई l
प्रश्न – अन्त्यमा के भन्न चाहनु हुन्छ ?
उत्तर -मेरो अनुभबमा यसरि कुनै पनि देशमा श्रम काउन्सिलर पठाउदा सम्बन्धित देशको भाषा जानेको कर्मचारी नै उपयुक्त हुन्छ जस्तो लाग्दछ l भाषाकै कारणले कामदारको बास्तबिकता बुझ्न हामीलाई पनि निकै कठिनाइ परेका अनुभब हरु छन् हामि संग छन् l
र अन्त्यमा कोरियामा रहेका सम्पूर्ण इपिएस श्रमिक हरुलाई म के भन्न चाहन्छु भने तपाईहरु कोरिया प्रवेश गर्दा म जे जस्तो परेपनि गर्न सक्छु l म कोरियामा काम गर्न जादैछु भन्ने दृढ विश्वास लिएर आउनुहोस l आफुलाई कहिले पनि कमजोर नसोच्नुहोस l शारीरिक तथा मानशिक रुपमा आफुलाई पूर्ण रुपमा तयार बनाएर मात्र कोरिया प्रवेश गर्नुहोस अनि मात्र कोरियामा तपाइले सफलता पाउनु हुने छ l र तपाइँ हरुले आफुलाई परेका पिर मर्का दुतावासलाइ जानकारी गराउनु होस् हामी तपाइँहरुलाई सहयोग पुर्याउदै जानेछौ l