कम्प्युटर स्लो भयो ? फास्ट बनाउने कि

0
235

चलाईरहेको कम्प्युटर एकाएक स्लो हुदो गयो भने तपाई के गर्नुहुन्छ ? कम्प्युटर पुरानो हुदै गाको छ एक पटक फम्यार्ट पो हान्नु पर्छ कि भनेर सोच्नु त हुन्न नी ?  प्रायः कम्प्युटर स्लो हुदै गयो भने फर्म्याट गरेर मात्रै फास्ट वनाउन सकिन्छ भन्ने सोचाई पनी मानिसहरुमा रहेको पाईन्छ । लामो समय कम्प्युटर चलाईरहदा कम्प्युटर स्लो हुनु स्वभाविक हो । फाईल,फोल्डर एवं सफ्टवेयरमा रहेर काम गरिरहदा डुप्लिकेशन फाईलहरु वन्ने काम भईरहेको हुन्छन् भने धेरै लामो समय कम्प्युटरमा काम गरिरहदा कम्प्युटरले गर्ने कामको गतिमा गिरावट आईरहेको हुन्छ । यस्तो अवस्थामा कम्प्युटरलाई एकै क्लिकमा पहिल्यकै गतिमा ल्याउनको लागी तपाईले सिक्लिनर (CCleaner)  ईन्सर्टल गर्न सक्नुहुन्छ ।

के हो सिक्लिनर ?

कम्प्युटरमा जम्मा भएका फोहोरलाई पन्छाउदै कामको गतीलाई वढावा दिने टुल नै सिक्लिनर हो । यसले तपाईको कम्प्युटरवाट प्रयोगमा नआउने फाईलहरु हटाउने काम गर्दछ । साथै यसको प्रयोगले हार्ड डिस्कलाई हल्का र छरितो बनाउछ भने ईन्टरनेट व्राउजरहरु (ईन्टरनेट एक्प्लोरल, फायर फक्स, गुगल क्रोम, ओपेरा, सफारी लगायत ) खोल्दा स्वतं  निर्माण भएका फाईल, युआरएल नेम हिष्ट्री , कुकिज, लगायत अन्य धेरैलाई गलत्याएर निकाल्ने  काम सिक्लिनरले गर्ने गर्दछ । 
 
 
त्यतिमात्रै कहाँ होर विण्जोडमा भएको रिसाईकल विन , रिसेन्ट डकुमेन्ट, टेम्प्रोररी फाईल, लगायतमा वसेका फाईल तथा फोल्डरलाई पनी क्लियर गर्ने सिक्निरले गरिरहेको हुन्छ । अरुपनी धेरै कामहरु यसले गर्ने गर्दछ जस्तै तपाईले ईन्सटल गर्नुभएको अन्य सफ्टवेयरले निर्माण गरेका आईकन, सटकट फाईल, फाईल एवं फोल्डरलाई हटाउन समेत सहयोग गर्ने काम गरिरहेको हुन्छ । भाईरसलाई समेत यो सफ्टवेयरले एकै क्लिकमा निरुत्साहित गर्ने काम गरिरहेको हुन्छ ।

डाउनलोड गर्नुस् : 

 
 
सिक्लिनर प्रयोग गर्दै आएकाहरुलाई यसको महत्व र आवश्यकता के कति छ भन्ने राम्ररी थाहा नै छ । तर यदि तपाई भर्खरै यसको वारेमा जानकारी लिदै हुनुहुन्छ र म पनी आफ्नो कम्प्युटरमा ईन्सटल गरिपो हाल्नुपरो भन्ने लागेको छ भने http://download.cnet.com/CCleaner/?tag=mncol;1 वाट डाउनलोड गर्न सक्नुहुन्छ । यो पनी थाहा पाईराख्नुस् यो सफ्टवेयर निशुल्क र शशुल्क दुवै माध्यममा उपलव्ध छ । माथी  भनिएका फिचर भएको सिक्लिनर चाहनुहुन्छ भने निशुल्क नै काफि छ तर त्यो भन्दा पनी एड्भान्स चाहनुहुन्छ भने २५ डलरको हाराहारीमा खरिद  गरेर पनी डाउनलोड गर्न सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here