करिब २६ हजार विदेशी यात्रुहरुलाई कोरिया प्रवेशमा रोक

0
3972

बुधबार प्रकाशित रिपोर्टले जनाए अनुसार करिब २६ हजार  शंकास्पद बिदेशीहरुलाई अपराध तथा आतङकवादी हमला गर्नसक्ने आशंकामा कोरिया प्रवेशमा रोक लगाईएको छ।
कोरियाको डेमोक्रेटिक पार्टीका प्रतिनिधि कुम ते-सबले खुलासा गरेको न्याय मन्त्रालयको रिपोर्ट अनुसार, कोरियाले गत अगस्टमा “आई-प्रिचेकिङ्ग” प्रणाली अबलम्बन गरेपश्चात २५हजार ५ सय ९८ जना विदेशीहरुलाई गत अप्रिलदेखि कोरिया प्रवेश हुनमा प्रतिबन्ध लगाएको थियो। अर्थात, प्रतिमहिना झन्डै १हजार ५सय ०६ बिदेशी नागरिकहरुलाई कोरियातर्फका सबै उडानहरुमा प्रवेश हुनबाट रोक लगाईको थियो।
उक्त प्रणाली अन्तर्गत, मन्त्रालयले विदेशी विमानस्थलमा सेवा दिईरहेका वायुसेवा निगमहरुबाट बिगतमा अपराधमा संलग्न र अपराध गर्नसक्ने शंकास्पद बिदेशी नागरिकहरुको सूची संकलन गरि उनिहरुको उडान रद्द गर्ने गरेको छ। त्यसरी निषेध गरिएका बिदेशीहरुमध्ये ९सय ४७ पासपोर्टधारीहरु ईन्टरपोलको सूचीमा र अरु १४ जना ईन्टरपोलको ‘मोस्ट वान्टेड’ सूचीमा परेका थिए।
ठूलो संख्यामा रोक लगाईएकाहरु मध्येबाट १३हजार ३ सय ५८ जना राहदानी अमान्य भएका वा हराएका ब्यक्तिहरु थिए भने १हजार ६सय २१ जनाले पछिल्लो समयमा कोरियामा रहदा बिबिध अपराध तथा आप्रवासी-सम्बन्धी अपराधहरू गरेका थिए।
गत मार्चमा भएको एउटा घट्नामा कोरियाको न्याय मन्त्रालयले संयुक्त राष्ट्रसंघको आतंककारी संस्थामा परेको ईस्मालिम स्टेट अफ इराक एण्ड लेवान (आईएसआई) मा संलग्न एक ४० बर्षे लडाकु एजेन्टलाई एअर एस्टानाको बिमान मार्फत उज्वेकिस्तान देखी कोरियासम्मको उडानमा रोक लगाएको थियो।
विश्व सूचना प्रविधि र सेवाले उक्त कार्यसँग सम्बन्धित सो प्रविधिलाई सार्वजनिक सेवाहरूको उदाहरणार्थ स्वीकार गरिसकेको छ।
“विदेशीहरू यहाँ बस्ने र अपराधमा संलग्नहुने प्रवृतिमा वृद्धि भईरहेको हुनाले उक्त प्रक्रिया अपराध हुनुअगावै रोक्न तथा राष्ट्रको सुरक्षाको ग्यारेन्टी गर्न महत्त्वपूर्ण सावित भएको छ।” डेमोक्रेटिक पार्टीका प्रतिनिधि कुमले बताए। “त्यसैगरि अझै विशिष्ट किसिमका तरिकाहरु र प्रक्रियाहरूलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।” उनले थपे।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here