कात्तिके देउराली समाज दक्षिण कोरियाको विशेष अधिबेशन सम्पन्न

1284

कात्तिके देउराली समाज  दक्षिण कोरियाले  बिशेष अधिबेशन सम्पन्न गरेको  छ ।

बिगत लामो  समयदेखि सामाजिक क्षेत्रमा  आफ्नो प्रभुत्व जमाउदै आइरहेको एकीकृत युवा समूह “कात्तिके देउरालि   समाज दक्षिण कोरियाले ” यहि  छुसग २०१८-०९-२३ तारिख   सउलमा  कुनैपनि  प्रचारप्रसार नगरी  बिशेष अधिबेशन सप्पन्न गरेको  हो ।

किशोर गौतमको कार्यबाहक अध्यक्षतामा   बसेको   कात्तिके देउराली समाजका सम्पूर्ण ४४ सदस्यीय बैठकले  – कार्यसमितिका  अध्यक्ष र कोषाध्यक्षको राजिनामा आएपछि  (प्रकृयागत नेपाल )   संस्थालाई   मझबुत बनाएर  अगाडी बढाउनको निम्ति  बिशेष अधिबेशनको  माग भएको   समिति सदस्य दिनेश गौतमले   जानकारी दिनुभयो ।

संस्था को  जिम्मेवार पद  रिक्त भएपछि  विशेष अधिबेशनले राजेन्द्र दुलालको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति   चयन गरेको  हो ।
विशेष अधिबेशनबाट उपाध्यक्षमा  बालकृष्ण बाँसकोटा ,सचिबमा उमेश चौँलागाइ र कोषाध्यक्षमा खडानन्द चौँलागाइ  चयन  भएका छन । सदस्यहरुमा जगतमान लामा , दिनेश चौँलागाइ , नारायण गौतम , रत्न दोङ लामा र प्रयास हुँमागाइ  चयन भएका छन।

“प्रबशी एकता आजको  आवश्यकता   सामाजिक कार्यमा हाम्रो प्रतिबद्धता”  भन्ने  मुल  नारा बोकेको संस्थाले समाजका   सम्पुर्ण युवाहरूको समानता र  उत्साहजनक परोपकारी भाबनालेनै   गाउँमा  अति महत्त्वपूर्ण  एम्बुलेन्स सेवा / पटक पटक   गरिबी तथा   पिडित सहयोगार्थमा  प्रमुख भुमिका   खेल्दै  आइरहेको  र  भोलिका  दिनमा  पनि परोपकारी कार्यमा अग्रसर  भुमिकामा  रहने  समाजले जनाएको छ    ।

प्रतिक्रियाहरू