काभ्रे सम्पर्क समितिको छैठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सानु लामा चयन

444

कोरियाको राजधानी सउलमा २०१९-०२-०३ आईतबारका दिन सम्पन्न काभ्रे सम्पर्क समितिको छैठौँ साधारण सभाले सानु लामाको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन गरेको छ ।संस्थाको निबर्तमान सचिव समेत रहेर दक्षिण कोरियामा सामाजिक परोपकारी कार्यमा सक्रिय,जुझारू युवा सामाजिक अभियान्ता प्रकाश योन्जन बरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएको छ।
उपाध्यक्षमा चन्द्र तामाङ, सञ्जय खत्री, सचिवमा चिरञ्जीवी तिमल्सिना, सहसचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सुमान चौलागाई, सहकोषाध्यक्ष शुष्मा थापा चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा मनोज थापा, प्रेम श्रेष्ठ, सञ्जय श्रेष्ठ, सबिता तिमल्सिना, आशिष घिसिङ तामाङ, रोजी लामा र सन्जु थापा चयन भएका छन् ।

समितिको अधिबेशनमा साँगीतिक कार्यक्रममा कोरिया आइपुगेका लोक गायिका शर्मिला श्रेष्ठ र सम्पर्क समितिलाई स्थापना कालदेखि विभिन्न तरिकाले सहयोग गरेका ब्यक्तिहरुलाई सम्मानपत्रले सम्मान गरेको थियो ।

समितिको अबिधेशन गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष साजन शार्माको प्रमुख आतिथ्यता र अध्यक्ष सिताराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन सचिव प्रकाश योन्जनले गरेका थिए। निरन्तर सामाजिक कार्यमा क्रियाशिल रुपमा संक्रिय हुँदै सन् २०११ मा स्थापना भएको थियो । संस्थाले जिल्लामा समेत विभिन्न सामाजिक तथा परोपकारी गतिविधि गर्दै आईरहेको छ।

 

प्रतिक्रियाहरू