Home प्रमुख समाचार काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौं अधिबेशन सेप्टेम्वर २८ मा हुने

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौं अधिबेशन सेप्टेम्वर २८ मा हुने

0
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौं  अधिबेशन सेप्टेम्वर २८ मा हुने

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको महान चाड छुसकको बिदाको अवसर पारेर छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिखमा सातौॅ अधिबेशन गर्ने भएको छ।

कोरियामा स्थापनाकाल देखि नै कोरियाबासी काभ्रेली दाजुभाई तथा दिदीबहीनीहरूको हरेक सुखदुखमा हातेमालो गर्दै आएको संस्थाले कोरियामा मात्र नभई नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ ।संस्थाले कोरियामा औधोगिक दुर्घटना,गम्भीर रोगको बिरामी,शारीरिक तथा मानसिक रूपमा समेत समस्यामा परेका नेपालीहरुको लागी आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ।साथै कोरियामा अन्य संघसंस्थाहरुसंग समेत समन्वय गर्दै बिभिन्न सामाजिक कार्य तथा आपतकालीन अवस्थामा सरसहयोग आदानप्रदान गर्दै आईरहेको छ।

कोरियामा काभ्रेलीहरूको गरिमामय यस संस्था काभ्रे सम्पर्क समिति दक्षिण कोरिया (KCC,KOREA) ले गर्न लागेको सातौं अधिबेशनमा कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी काभ्रेली दाजुभाइ , दिदिबहिनीहरु तथा समस्त कोरियावासी ,शुभेच्छुक,ब्यबसायी,पत्रकार,कलाकार,बिधार्थी ,खेलप्रेमी खेलाडीबर्ग लगायत सम्पूर्णमा तपशिल बमोजिमको मिति,स्थान र समयमा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रमः
मितिः2023 सेप्टेम्बर 28(छुसकको पहिलो दिन)
स्थानः यति रेस्टुरेन्ट एण्ड बार(सउल)
ठेगानाः 서울 마포구 와우산로18길 20 홍대예티 1층
상수역 2 नम्बर गेटबाट 2 मिनेट अगाडी।
थप जानकारीको लागिः
सम्पर्क न:अध्यक्ष, प्रकाश योन्जन 010-5939-9308
ब.उपाध्यक्ष, मनोज मगर 010-9669-5224
प्रमुख सल्लाहकार,सानु लामा 010-5964-1729

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here