काेरियामा भानुभक्त जयन्ती विशेष कविता वाचन सम्पन्न

1697

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरको आयोजनामा गत अाइतबार भानुभक्त जयन्ती विशेष कविता वाचन सप्पन्न भएको छ । ‘काव्य-सुधा’को साताैं श्रृङ्खलाको रूपमा आयोजित कविता वाचनमा   उत्कृष्ट ४ कविहरूको बेजोड प्रस्तुति रहेको थियो  ।

दक्षिण काेरियाकाे राजधानी साैलकाे दाेङ्देमुन स्थित नेपाल हाउसमा सम्पन्न कविता वाचनको संयोजन गजलकार गाेपिकृष्ण लामिछानेले गरेका थिए । विनाेद एकलभ्या, मणि भुसाल, जनक सन्याल र सराेज सर्वहाराकाे  विशेष कविता वाचन रहेकाे उक्त कार्यक्रममा कविहरूले कतै देश सम्झिए, कतै परदेश बस्दाका दुखद अनुभवहरू कवितामार्फत बताएँ भने कतै कवितामा अमूर्तता प्रस्तुत गरे ।

उक्त कार्यक्रममा काेरियाकाे ५ वर्षे बसाइँ सकेर नेपाल फर्कन लाग्नुभएका गजलकार विनाेद परिवर्तितलाई अनेसास काेरिया च्याप्टरले सम्मान तथा विदाई गरेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सम्पर्क समितिकी अध्यक्ष अन्जु केसीले अनेसास कोरियाको जुनसुकै कार्यक्रम लोभलाग्दो भएको र यसले कोरियामा  दिनानुदिन बढिरहेको डिप्रेसनलाई समेत कम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो भने विशेष अतिथि अनेसास एसिया च्याप्टर सहसचिव कृष गुल्मेली बाबुले अनेसास कोरियाले कोरियामा रहेका अनुज अग्रज लगायत साहित्यमा कलम चलाउने सबैलाई स सम्मान स्थान दिदै उनीहरूमा लुकेको साहित्यिक प्रतिभालाई उजागर गर्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

कविता वाचन सँगैको रचनावाचन कार्यक्रममा कवि बाेनम प्रताप, मिलन कान्छा किराँती, रामचन्द्र शर्मा, विनाेद परिवर्तित, क्रिस गुल्मेली बाबु,   राम केसी नयन, धिरेन्द्र स्पन्दन, दिपेन्द्र भट्टराई, राज विवश सुवेदी, भाेजराज घाेडासैनी, हेमराज पाेखरेल, सुशील अर्याल, रेशम अधिकारी, कृष्ण पाण्डे क्षेत्री, खगेन्द्र क्षेत्री सुरज, सराेज अाचार्य दिपक अधिकारी  लगायत करिब तीन दर्जन सर्जकहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । च्याप्टरका कार्यवाहक अध्यक्ष डी अार न्याैपाने सूर्यको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई  राधाकृष्ण पाैडेलले संचालन गरेका थिए ।

प्रतिक्रियाहरू