
कोरियामा प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुकै समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।
यसै अनुसार यहाँ रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन ,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,२०१९ को न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम किम्पो सिटि हल स्थित ख्यंगसिलयनको हलमा २०१९ जुन २३ तारिक आइतबार दिनको १ बजे गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ
मिति :२०१९ जुन २३ तारिक आइतबार समय : दिनको १ बजे
स्थान : ख्यंगी किम्पो सिटि हल स्थित 경실련 사무실 3층 (बसबाट 김포고 Station मा उत्रने ) 김포시봉화로 9-19
सम्पर्क : उदय राई : ०१०-५६७५-२०११