किम्हे माईग्रेन्ट हाउसले पुनः प्राविधिक तालिम दिने

694

किम्हे माईग्रेन्ट हाउसले २०१९ को लागि प्राविधिक तालिमको नया कक्षाहरु शुरुवात गर्ने भएको छ । यही डिसेम्बर १६ तारिख २०१८ मा दिइएको प्राविधिक तिरको मोटर पार्टस सम्बन्धि तथा कृषि क्षेत्रको तालिम समापन समेत गरिने भएको छ । सो समापन संगैं अबको वर्षको लागि दिईने प्राविधिक तालिमको समेत क्षेत्र चयन गरिने भएको छ । सहभागिहरुले बेकरी , कृषिको प्याज , आलु लगायत मन पर्ने तालिम छनौंट गर्न समेत कार्यक्रममा सहभागि हुन किम्हे माईग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिएका छन ।
सो समापन तालिममामा कोरिया किम्हेका मेयर, सांसदहरु , सभासदका साथै कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी डिल्लीराज बास्तोला समेत उपस्थित रहने छ । तालिमका विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम लिएकाहरुलाई प्रमाण पत्र समेत दिईने भएको छ ।
किम्हे नगरपालिका स्थित हलमा ( सिछंग ट्रेन स्टेशन सिटी हलमा   ) दिउँसो १ बजे हुने भएको छ । सो कार्यक्रममा किम्हे माईग्रेन्ट हाउसबाट १२ः३० बजे जाने कार्यक्रम रहेको समेत बताइएको छ ।
सो कार्यक्रममा उपस्थित भई सफल पार्न किम्हे ,बुसान , उल्सान , छांगवन लगायत यस क्षेत्रका नेपालीहरुलाई आयोजकले अनुरोध गरेको छ