किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मनायो चासोक तङनाम पर्व

433

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आज कोरियाको सउलमा लिम्बू समुदायको महान चाड चासोक तङनाम भब्यरूपमा मनाएको छ। आदिबासी जनजाती महासंघकी का.बा. अध्यक्ष मल्लिका थकालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिको रुपमा NRNA अध्यक्ष लक्ष्मी लामा गुरुङ, NRNA ICC प्रतिनिधि सदस्य लोचन राई, पुर्व अञ्चल सरोकार समाज अध्यक्ष प्रकाश राई, NCC अध्यक्ष अन्जु के.सी लगायतको सहभागीता रहेको थियो भने कोरियामा रहेका बिभिन्न सामाजीक संघ-संस्थाहरुको आतिथ्यता रहेको थियो।

लिम्बू समुदायको मौलिक चाड पर्वहरूको जगेर्ना गर्न र कोरियामा रहेको आम लिम्बु समुदाय तथा गैर लिम्बुहरू बीच सामिप्यता बढाउन कार्यक्रमको आयोजना गरिएको आयोजकको तर्फबाट टंकेश लिम्बूले बताउँनुभयो। कार्यक्रममा लिम्बु समुदायसंग सम्बन्धित के लाङ ( च्याब्रूङ नाच) या लाङ (धान नाच) हाक्पारे पालाम (ख्यालि) हुनेछ, साथै लिम्बुहरूको पोशाक तागावा मेख्लि प्रर्दशन र लिम्बु मौलिक परिकारहरु पनि राखिएको थियो ।
कार्यक्रममा नेपालबाट आउनु भएका पाहुनाहरुले पनि आफ्नो सांगितिक प्रस्तुति दिएका थिए। उधौलि पर्ब अर्थात् चासोक तङनामलाई बिशेष गरि न्वागि पुजा भनेर पनि चिनिन्छ।

-- Ad --


लिम्बू जाति प्रकृतिक पुजक भएकाले नयाँ अन्नबाली भित्र्याउने क्रममा न्वागि गरेर मात्र नयाँ अन्नबालि भित्र्याउने चलन छ। यसै अनुरूप देश बिदेशमा चासोक तङनाम भब्यरूपमा मनाउने गरिएको इतिहासमा उल्लेख गरिएको छ। नेपाली पात्रो अनुसार डिसेम्बर २२ मा मात्र चासोक तङनाम पर्ने भएपनि कोरियामा भने बिदाको दिन परेर एकसाता अघि अर्थात आज मनाएको हो।