किराँत याक्थुङ चुम्लुङ कोरिया द्दारा स्तन क्यानसर पिडित लाइ आर्थिक सहयोग

2156

पाँचथर  जील्ला कुम्मायक गाँउपालिका वाडा नं पाँच निवासि स्तन क्यानसर पिडित सिता चेम्जाङ सम्बाहाङफे लिम्बूलाइ किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । क्यानसर पिडित विगत लामो समय देखि शिक्षण अस्पताल माहाराजगन्जमा शल्यक्रिया लागि हाल भरतपुर क्यानसर अस्पताल चितवनमा किमो थेरापि र रेडियो थेरापि नियामित गराइरहेकि छिन। निजको आर्थिक स्तिथि ज्यादै नाजुक भएकोले सहयोगको अपिल किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियालाइ गरिएको थियो, सोहिनुरूप चुम्लुङले कोरिया कार्यरत रहेका व्याक्तिहरू संग आर्थिक  सहयोग संकलन अभियान संन्चालन गरेको थियो उक्त अभियानमा एक लाख छत्तिस हजार रूपैयाँ संकलन भएको थियो । गएको मंगलबार स्वयंम क्यानसर पिडित सिता  चेम्जाङ लाइ भेटेर किराँत याक्थुङ चुम्लुङ नेपालका महासचिब निरन्ति तुम्बापो द्दारा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।सिता चेम्जोगं सहयोग अभियानमा सहयोग गर्ने समपुर्ण महानुभावहरूलाइ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले धन्यावाद दिएको  छ ।

प्रतिक्रियाहरू