कृष्ण ओली सहयोग अभियान कोरियाबाट संकलित रकम एपिवान टेलिभिजन मार्फत हस्तान्तरण

1221

करेन्ट लागेर दुइ हात र एउटा खुट्टा गुमाएका कृष्ण ओलीलाई १५ लाख सहयोग गरिएको छ । एपिवान कार्यलयमा आज विशेष कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको हो । एपिवान टेलिभिजनका सञ्चालक सच्चन थापा र समचार प्रमूख टिकाराम यात्रीले विभिन्न सञ्चारकर्मी र ओलीका परिवार माझ सो रकम कृष्ण ओलीलाई हस्तान्तरण गर्नु भएको हो । कृष्ण ओली सहयोग अभियान दक्षिण कोरियाबाट संकलित १३ लाख ४६ हजार २ सय ८९ रुपैया र एपिवान टेलिभिजनले १ लाख ५४ हजार गरी कुल १५ लाख रुपैया ओलीलाई आज हस्तान्तरण गरिएको छ । कोरियामा अभियान चलाएर ५५४ जनाबाट सो रकम संकलन गरिएको थियो । कोरियामा कार्यरत मिन बिक, गुरुदत्त न्यौपाने, कृष गुल्मेली बाबु, सुन्दर बाबु श्रेष्ठ र डोलिन केसीले सो अभियान मार्फत उक्त रकम संकलन गरेका थिए ।
एपिवान टेलिभिजनका समाचार प्रमूख टिकाराम यात्रीले एपिवानलाई विश्वास गरेर कोरियामा संकलित रकम ओलीलाई दिन पाउदाँ खुसि लागेको बताउनु भयो । मिडियाले समाचार मार्फत सुसच्चित पार्ने मात्र नभई परोपकारी र सामाजिक सेवा तथा सहयोगमा पनि सहयात्री बनिरहेको यात्रीले बताउनु भयो ।
कोरियामा संकलित रकम एपिवानमा कार्यरत विकास श्रेष्ठको नबिल बैंकको एकाउन्टमा पैसा पठाइएको थियो ।

 

प्रतिक्रियाहरू