केवाईसी सउललाई पहिलो एनपिएस कपको उपाधी

161

नेपाली परोपकार समाज थेगु र एनपीएस एफसीको संयुक्त आयोजनामा हिजो सम्पन्न “पहिलो एनपिएस कप” एक दिवसीय फुटबल खेल प्रतियोगितामा केवाइसी एफसी सउलले प्रतियोगिताको उपाधि जितेको छ । केवाईसीले मोक्पो एफसी लाई २ ० ले पराजित गर्दै उपाधि हात पारेको छ ।

निर्धारित ४० मिनेट खेलको अन्त्य तिर केवाइसीका १७ नं. जर्सीका खेलाडी जेट्लीले निक्कै नै उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाएका केहि समय पछि पुन: जर्सी नं. २१ का खेलाडी जगेन जबेगुले उत्कृष्ट गोल गर्दै २-० को अग्रता राख्दै थेगुमा नै पहिलो पल्ट साथै यो सिजन कै अन्तिम प्रतियोगितामा आफ्नो खेल यात्रामा पहिलो पल्ट उपाधि जित्दै एक इतिहास रच्न सफल भएको थिया ।

विजेता टिम केवाइसीले नगद ३० लाख वन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।त्यसै गरि उपविजेता मोक्पो एफ सीले १५ लाख वन,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।खेलमा उत्कृष्ट खेलाडी केवाइसी एफ सीका जर्सी नं. २१ का जगेन जबेगु भए भने छिरिङ तामाङले मोक्पो एफसी का राम्रा राम्रा प्रहारलाइ बिफल बनाउदै खेल अवधिभर राम्रो खेल प्रदर्शन गर्दै उनी यस खेल कै उत्कृष्ट गोल रक्षक बन्दै ट्रफी र प्रमाण पत्र सहित सम्मानित भएका थिए ।त्यसै गरि यस प्रतियोगिता भरि उप(बिजेता टिम मोक्पोका खेलाडी लाक्पा शेर्पाले ६ गोल गर्दै यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता बन्दै ट्रफी र प्रमाण पत्र सहित सम्मानित भए ।

१८ वटा नेपाली फुटवल टिम सहभागी भएको उक्त प्रतियोगिता थेगु शहरको २ रगंशालामा खेल खेलाईएको थियो ।

प्रतियोगितामा नेपाल फ़ुटबल महासंघका अध्यक्ष कृष्ण गुरूङ र उपाध्यक्ष फिलिप गुरूङ,थेगु नेपाली मन्चका अध्यक्ष नगेन्द्र मगर,प्रोडा रोसन सर्मा, तमुधिका अध्यक्ष हर्क गुरूङ,मगर संघका अध्यक्ष कुमार गर्बुजा,शेर्पा संघका बरिष्ट उपाध्यक्ष लगायतका अथितिजनका उपस्थित रहेको यस प्रतियोगितामा खेलको आनन्द सगै मिठो नेपाली परिकारको साथमा स्टार रेमिट,लोट्टे कार्ड,सिन्हान कार्ड र जेडि मोबाइलले सेवा प्रदान गरेका थिए । यस प्रतियोगितालाई सभ्य र भब्य बनाउन कोरियामा रहनु भएका सबै खेलप्रेमी दाजु-भाइ दिदी-बहिनी सम्पूर्ण संघ संस्थाका टिमको उल्लेखिय सहभागिता रहेको प्रतियोगिताको औपचारिक कार्यक्रम भने सस्थाका सचिव अमृत अधिकारीले सन्चालन गर्नु भएको थियो।

प्रतिक्रियाहरू