दक्षिण कोरियाको औसत आयु ८२ बर्ष नाघेको छ l विश्व स्वस्थ संगठनले हालै प्रकाशित गरेको एक तथ्यांकअनुसार २०१७ मा जन्मिने कोरियन बच्चा हरुको औसद आयु ८२ बर्ष ७ महिना पुग्ने छ l भौतिक सुबिधा तथा स्वास्थ्य उपचारको राम्रो ब्याबस्थाको कारण मृत्युदर घटेसंगै औसद आयुमा बृद्दी भएको तथ्यांकमा उल्लेख छ l
यसरि बृद्दी भएको औसत आयु पुरुषको ७९ बर्ष ५ महिना छ भने महिलाको ८५ बर्ष ६ महिना छ l यो औसत आयु विश्वका बिकसित राष्ट्र मध्येको ९ औँ स्थानमा छ भने ओइसीडीका राष्ट्रहरुको औसत आयु भन्दा १ बर्ष ७ महिना देखि २ बर्ष ४ महिना बढी छ l
सन् १९७० सालमा ६२ बर्ष ३ बर्ष औसत आयु रहेको कोरियाले सन् १०१८ सम्म आइपुग्दा ८२ बर्ष भन्दा माथि पुर्याएको छ l सन् २०१७ सम्मको तथ्यांकलाइ हेर्नेहो भने विश्वमा सबैभन्दा धेरै औसत आयु भएको रास्ट्र मोनाको हो भने जापान दोस्रो स्थानमा छ त्यसैगरी सबैभन्दा कम औसत आयु भएका मुलुक हरुमा अफ्रिकन राष्ट्रहरु छन l
एजेन्सी