कोरियन गोलकिपर जो ह्येन वो घोषित भए म्यानअफ द म्याच

6312

रुसमा जारि फिफा वर्ल्ड कप २०१८मा सर्बादित रुचाइएका कोरियन गोलकिपर जो ह्येन वो म्यान अफ दि म्याच घोषित भएका छन् l

बुधबार  सम्पन्न्न पहिलो चरणको अन्तिम खेलमा जर्मनीलाइ २ -० ले पराजित गर्दै दक्षिण कोरियाले अग्रता हासित गरेको थियो l

स्विडेन तथा मेक्सिको संग पराजय बेहोरेको दक्षिण कोरियाले जर्मनीलाई पराजित गरेतापनि दोस्रो चरणमा पुग्न भने बाटो भने बन्द भएको छ l

साबिकको वर्ल्ड कप बिजेता जर्मनीलाई पराजित गर्न आक्रामक रुपमा मैदानमा उत्रिएको दक्षिण कोरियाले हिजोको खेलमा भने उत्कृस्ट प्रदर्शन गर्यो l

बिसेष गरि गोल रक्षाको लागि कोरियन गोलकिपर जो ह्येन वो को भूमिका अग्र पंतिमा रह्यो l जर्मनीको करिब १० वटा सिधा गोल सुटलाई फर्काउन सफल गोलकिपर “जो “ लाइ उनका फ्यान हरुले” म्यान अफ द म्याग्नेट ह्याण्ड” भन्ने गरेका छन् l

सन् २०१३ देखि कोरियाको थेगु फुटबल क्लब बाट गोलाकिपर को रुपमा प्रवेश गरेका जो ह्येन वो रसियामा जारि फिफा विश्वकपमा २०१८ पहिलो पटक गोलकिपरको रुपमा आफ्नो उत्कृस्ट कला प्रस्तुत गरेका छन् l २६ बर्षिय बिबाहित ‘ जो ‘ हिजो सम्पन्न दोस्रो चरणको अन्तिम खेलमा उत्कृस्ट खेलाडीको रुपमा समेत घोषित भएका छन् l

 

प्रतिक्रियाहरू