कोरियन नयाँ वर्ष सलनालमा नेपकोरको नयाँ धमाका, काेरियाकाे नम्बर वान क्लबमा सउल साँझ

770

कोरियन नयाँ वर्ष सलनालको अवसरमा नेपकोरले सउल साँझको आयोजना गर्ने भएको छ । कोरियामा रहेका नेपाली युवा युवती माझ चर्चित रहेको नेपकोरले  विश्वको सातौ र काेरियाकाे नम्बर वान अक्टोगोन क्लबमा सउल साँझ आयोजना गर्ने भएको हो । WWW.koreaboo.comले गरेको अध्ययन अनुसार अक्टोगोन क्लब विश्वको सातौ स्थानमा छ भने एशियाको नम्बर वान स्थानमा रहेको छ । सउल साँझ यहि फ्रेबुअरी ४मा हुने आयोजकले जनाएको छ । यस अघि पनि नेपकोरले युवालाई लक्षित गर्दै आधुनिक किसिमका डान्स तथा सांगेतिक पार्टीको आयोजना गर्दै आएको छ । जसले गर्दा नेपकोरले आयोजना गरेका पार्टीले युवायुवतीको मन जितेको छ । युवायुवतीको चाहना बमोजिक यसपाली पनि नेपकोरले फरक खालको स्पट र सांगेतिक स्वाद दिन राजधानी सउलको भिआइपी क्षेत्र गाँगनामस्थित अन्र्तराष्ट्रिय स्तरको अक्टोगन क्लबमा कार्यक्रमको आयोजना गर्ने तयारी भएको आयोजकले जनाएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी दर्शकको उल्लेख्य सहभागिता रहने आशा पनि नेपकोरले लिएको छ । नेपाल भ्रमण वर्ष २ हजार २०को लोगो समेत टिकटमा राखेर नेपकोरले नेपाल भ्रमण गर्न प्रोत्साहन गरेको छ । बृहत सांगेतिक सउल साँझको लागि प्रमूख गेष्ट अहिलेका चर्चित पप गायक स्वुप्ना सुमनलाई नेपालबाट आमन्त्रण गरिएको आयोजकले बताएको छ । साथै त्यस कार्येक्रममा नेपाली चर्चित DJ notty,  DJ bit र नेपाली चर्चित  महिला DJ syn पनि आफ्नो प्रस्तुती दिने भएका छन, भने cक्टf]गोन क्लबबाट गेष्ट DJ को  रुपमा कोरीयन बहु चर्चित महिला DJ CREAM र  DJ RX ले पनि आफ्नो प्रस्तुति दिँदै भरपूर मनोरञ्जन दिने छन।
सउल सॉझ सलनालको पहिलो दिन फेव्ररी ४ सोमबार बेलुका ९ बजेबाट शुरु हुने र क्लबमा जान बस र निजी गाडीको समेत व्यवस्था गरिएको छ। बस र कार दोङ्देमुनको गेट नम्बर ३ र ४ बाट उपलब्ध हुनेछ। उक्त डान्स पार्टीको टिकट दर कोरियन वन २५,००० र अनलाइन टिकट लिदाँ कोरियन वन २०,००० रहेको छ।

For more informations visit http/www.nepkor.com

 

प्रतिक्रियाहरू