कोरियन प्रहरीको सक्रियतामा ह्वासङ नेपाली परिवार गठन ,अध्यक्षमा दिपक बन्जारा

1152

दक्षिण कोरियाको ह्वासङ शहरमा ह्वासङ नेपाली परिवार गठन भएको छ । प्रहरीको सक्रियतामा यस अघि ह्वासङ नेपाली परिवार गठन भएको अभियन्ता दिपक बन्जाराले बताएका छन् ।
नेपालीलाई पर्ने समस्या र त्यसको समाधान तथा दुःख सुख साटासाट गर्ने माध्यमको रुपमा अगाडि बढाउन परिवार गठन गरिएको उनले बताए । कोरियन प्रहरी, स्थानिय र नेपालीको बाक्लो उपस्थितिका बीच गठन गरिएको परिवारको कार्यसमिति पनि गठन गरिएको छ । गठनसँगै ह्वासङ प्रहरीले नेपालीलाई पर्ने कुनै पनि समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यस अघि ह्वासङ नेपाली समूहले प्रहरीसँग समन्वय गरेर चेतनामुलक कार्यक्रम, सरसफाई जस्ता कार्य गर्दै आएको छ भने कम्पनीमा घाइते भएर अस्पतालमा उपचाररत नेपालीलाई पनि सघाउ गर्ने गरेको छ ।


गत आइतबार ह्वासङ स्थित फारानमा नेपाली मुलकी कोरियन प्रहरी सम्झना राइको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा  यु, योङ फिल अफिसर प्रहरी   ( थाम्दाङ)  ,ब्याबसायी खगेन्द्र खत्री , नवीन लोहनी पत्रकार किशन गौतम  लगाएतको उपस्थिति रहेको थियो l

 

नव गठित कार्यसमिति यस प्रकार रहेको छ l

अध्यक्ष : दिपक बन्जारा
उपाध्यक्ष : बिष्णु बहादुर चिडी , गोबिन्द खनाल , श्याम सामपांग राई ,सुर्य बिस्वकर्मा
सचिव : रमेश तोलाङ्गे
सहसचिव : राम कुमार श्रेष्ठ
कोसाध्यक्ष : सुनिता के.सी
सहकोसाध्यक्ष : गोभिन्द राई
सदस्य : बिकास खड्का , नारायण नेउपाने , बाबुराज बस्नेत , देभेन्द्र श्रेष्ठ , मनोज गुरुङ  , सरोज राना , राजेन्द्र ऐर , तारा कोइराला, सुजाता कटवाल , सन्तोष तिमल्सिना ,टिका मान किङ्गरिङ्ग , शिभ छन्त्याल , कुमार भट्टराई , सुभास राई , रिडे लिम्बु , रोशन राइ , मदन अधिकारी, मिलन कार्की, इश्वर भट्ट, रोसन राई , मदन आचार्य ,

संरक्षक : कमान सिंह राई , प्रेम कुमार बस्नेत
सल्लाहकार : सन्जिभ भण्डारि , इश्वोरी आचार्य , रमेश सङरौला , किसन गौतम ।