कोरियन प्रहरीमा पहिलो नेपाली महिला, पुलिस अफिसर बन्ने सपना पुरा भएको प्रतिक्रिया

0
15270

दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभाग मध्ये अन्तर्राष्ट्रिय मामला हेर्ने विभागमा भोजपुर जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिला समेत हुन् । सन् दुइ हजार दशमा नेपाल भ्रमण गएको बेला कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषा कोरिया प्रवेश गरेकी थिइन् । भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राई छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासन सम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन् । सन् दुइ हजार पन्ध्रमा छुसन विश्वविद्यालयमा भर्ना भएर अध्ययन पुरा गरेपछि यो महिना शारिरिक, स्वास्थ्य र यहाँको प्रशासन सम्बन्धी परिक्षामा एक पछि अर्को गर्दै उत्तिर्ण गरेकी हुन् । परिक्षामा उत्तिर्णसँगै आफ्नो न्यूज कोरियन सञ्चार माध्यममा आएपछि थाहा पाएकी राईले कोरिया आएपछि आफ्नो पुलिस अफिसर बन्ने सपना पुरा भएको हेल्लोनेपालकोरिया डट कमलाई बताइन् ।

नेपालमा प्रहरी बन्ने सपना भएपनि हाईट, उमेर र विविध झन्झटका कारण आफु बन्चित भएको राईले बताइन् । राईले कोरियामा काम, अध्ययन, व्यावसाय लगायत विविध कारणले यहाँ रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताईन् । भाषाका कारण नेपालीहरु धेरै समस्यामा परेको बताउने राईले नेपाली दाजुभाई दिदीबहिनीलाई पर्ने कानूनी र प्रहरी चौकीमा विविध कारणले ल्याइएका नेपालीका लागि भाषा र कानूनी सहयोग गर्न आफु तत्पर रहने बताइन् । राईको आगामी महिना अर्थात जुलाई देखि आठ महिना तालिम हुने छ । तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको सुवनमा प्रहरी अफिसरको रुपमा काम शुरु गर्ने छिन् ।

-- Ad --


 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here