
जता हेर्यो उतै चिहान।कति हुन?चिहान पनि।डॉडा त पुरै छपक्कै चिहानै चिहानले ढाकेका छन।के कोरियामा डॉडा बनेको मरेकालाई बस्नको लागि हो?
चिहान प्रेत आत्मा डुल्ने ठॉउ भएकोले हामि चिहानमा जान डरॉउछौ।तर कोरियामा डराउने छुट छैन।भागेर कॉहा जाने ?जॉहा चिहान नभएको कुनै ठॉउ होस।बिकल्पै नभएसि हाम्रो अन्धबिश्वास दमन र उत्पिडनमा परेको छ।सुस्केरा हाल्दै जो कोहि प्रवासिलाईभन्न मन लाग्छ कति हुन ? यिनका चिहानहरु।
एकाबिहानै स्काभेटर डॉडातिर उक्लियो।किम सान्सुले चिम्से ऑखॉ पुछ्दै आज को मरेछ हँ? भन्दै उस्को फुईनलाई सोध्यो?खै त्यो चिहान त योङमेनतिरका मान्छेको हो भनिन।किम (खुरेयो) हो र ?भनेर लुरुलुरु आफ्नो काम गर्न थाल्यो।दोहोरो बात मार्न नसके पनि उनिहरुका बात लगभग बुझिन्छ।आफ्नै परिवार भन्दा अरु कोहि मरुन बॉचुन उस्लाई मतलव छैन भन्नि प्रष्ट भयो।
मलाई भने बडा चासो लायो।ऑखै अगाडि सय मिटरमा गरिने मृत्युसंस्कार कसरी गरिदो रहेछ भन्नि जानाकारी लिन मन लायो।काम गर्दै गर्दै साउका ऑखा छलेर नजर लाईरहेको थिए।
केहिबेरमा लस्करै गाडिहरु आए।सडक छेउमा रोकिए।२०/२५जना महिला पुरुष हातमा फुल लिएर ओर्लिए।लासलाई टेक्टरमा राखेर पाहाडमा उकालियो।सवयात्री सवैले हातमा पंजा लाए।सवैले मिलेर शवलाई खाल्टोमा राखे।सवैले केहि लेखेको एक एक पन्ना हातमा लिएर शिर निहुरीएर पढे।
मौनधारण गरे झै केहिबेरमा हातमा लिएको फुल अर्पण गरे।त्यसपछि मेसिनले पुरियो।सवैले शव राखेको ठॉउ वरीपरी गोलो माटोको मुर्चा बनाए।वरीपरी फुल रोपे।हात धोए।सवैले ऑफुऑफुले बोकेका प्याकेट खानेकुरा (मासुभात )खाए।अरुदिनको भन्दा फरक खाए झै लाएन।वरीपरीको फोहर जलाए।एति काम बढिमा १घन्टामा सकियो।कुन परिवारजन हुन चिन्न सकिएन।भावविव्हल भएका १/२ जाना देखिन्थे तिनै शवका नजिकैका परिवार होलान भनेर अनुमान गरियो।
शवयात्री सुटेड बुटेड थिए।मानविय संवेदना निकै कम भएको महसुस भयो।अरु थुप्रै संस्कार होलान तर मेरा ऑखॉले यो देख्यो मनमनले मैले भने धनले गरिव भएनि संस्कृतिमा त नेपाली सॉच्चिकै धनि रहेछन।साहुनि सँग सोधे कति दिन बार्नुहुन्छ?भन्दा उनले ४/५दिन परिवारका सदस्य काममा नजान सक्छन।यॉहा त काममा नजानु नै सवै भन्दा ठुलो त्याग रहेछ।
हामि त मान्छे मरेको होईन आत्म सरेको हो भन्छौ।तसर्थ मृत्युपश्चात पनि आत्मशान्तिको कामना गर्दै अनेक संस्कार गर्दछौ।ति नेपालका ॐकार परिवारका हिन्दु बौध्द किरॉत धर्मालम्वीहरुको लगभग उस्तै उस्तै मुल्य र मान्यता छ।प्राय देहवसान पछि घाटमा लगिन्छ।आफ्नो परम्परा अनुसारको संस्कार गरिन्छ।कोरियामा यो भावना अझ प्रवल रहेछ।
यसरी अन्तेष्टी गरेपछि यि चिहान बगैचाहरुको बेला बेलामा संरक्षण सरसफाई गर्नु नीज मृतकका सन्तानहरुको परम कर्तव्य हुने रहेछ।कतिपयको त आफ्ना पुर्खा देखिकै एकै ठॉउमा ३/४पुस्ताको लहरै माटाका ढिस्का बनाएका छन।
कोरियन नँया बर्ष सलनाल र पित्रीपुजा गर्ने चाड छुसकमा कोसेली सहित सपरिवारका सदस्य आफ्ना दिवङ्गत बाउआमाका चिहानहरुमा अनिबार्य जॉदा रहेछन।उनिहरुको बिश्वास त्यॉहा गएर आफ्ना सुखदुख बोलेर शिर निउराई पितृलाई सुनॉउदा रहेछन।के राम्रो भयो के नराम्रो भयो सबिस्तार सुनाएपछि गएका सवै सन्तानहरुले आफ्नो परिचय बतॉउदा रहेछन।तेसपछि अतयन्तै सम्मान गरेर रुमालले पोको पारेको कोसेली चढाउदा रहेछन।यसमा दिवङगत पितृले के कस्ता खाना मन पराउँथे ?सोहि खानाका परिकार चढाईने रहेछ।यसमा रक्सि अनिबार्य हुँदो रहेछ।छुसकमा जॉदा चढाएको कोसेली ६महिना पछि सलनालमा पुग्दा अवशेष केहि रहेनछ रक्सिको बोत्तलमा बिर्को नखोलेको सुकेको रहेछ भने पितृले खाएको रहेछन भनेर खुसि हुँदा रहेछन।कम्तिमा पनि सलनाल छुसक अगाडी चिहानको सरसफाई गरेकै हुनुपर्छ।
यि चिहानहरु संपन्नताका प्रतिक पनि रहेछन।धनिले आकर्षक बगैचा मँहङ्गा सजावटका सामाग्री सहित जिवनी ढुङ्गामा कुँदेर राखेका हुन्छन।चिहान हेरेर ब्यक्तिको आर्थिक हैसियत मापन गरिन्छ।गरिवले भने दुईपटक घॉस काटछन प्रसाद चढाउँछन।
गुरुङ गॉउतिर हुने चिहानडॉडामा ढुङ्गा थुपारेर बनाईएकालाई मने भनिन्छ।जुन बुध्द परम्परामा आधारित छ।यि माटाका ढिस्काहरु पनि सोहि परम्परामा आधारित होलान भनेर सहजै अनुमान गर्न सकिन्छ।हिन्दु परम्परामा क्रिया गर्ने थलोमा जुन डिकुरो बनाएर दैनिक गाईको गोवरले लिपेर जुन ढिस्को बन्छ ठ्याक्कै उस्तै तर ठुलो आकारका ढिस्काहरु यत्रतत्र देखिन्छ।
सरकारले बन क्षेत्र मासिएको,खेतियोग्य जमिन अपुग भएको,बिकास संरचनमा अवरोध भएकोले अन्य बिकल्पमा जान नागरिकलाई बर्सेनि उर्दी जारी गर्छ।तरपनि एसमा कमि आएको छैन किनकि कोरियनहरु आफ्नो संस्कृति परम्परामा अति नै माया गर्छन।बुढाबुढीहरु घर छोडेर डॉडॉमा बस्नि बेला भयो भनेर बिलैना गर्छन।नेपालमा सेति वा काली या कुन घाटमा लैजॉउ भनेर छोराछोरीले बाउआमालाई सोधे जसरी कोरियन छोराछोरीले आफ्ना आवाजी अमनीलाई सोध्छन कुन डॉडामा बस्नु मन छ? हरिराम भण्डारी हेल्लो केरिया डट कम