
अंग्रेजि भाषा संसारमा सबैभन्दा बढी बोलिने भाषा हो भन्ने कुरा त मलाई नेपालमै हुँदा थाहा थियो।तर सर्बाधिक रुचाईएको भाषा हो भन्ने कुरो चै मैले कोरिया आएपछि मात्र बुझेको हुँ।फेरि तपाईले भन्नुहोला कोरियामा अंग्रेजि चल्छ र?हावा कुरो।जे पायो त्यहि।आखिर तपाईँको तर्क पनि सहि नै हो।यदि अंग्रेजि चल्ने भए त किन लिईन्थ्यो होला र कोरियन भाषामा परिक्षा।लगभग सबै नेपालिले अंग्रेजि हाकिहाल्छन नि कनिकुथि।
‘ईन्साईदु ‘मा पुगेर सोच्यो भने यथार्थ त अर्कै छ साथिहरु।शायद त्यहि भएर होला अंग्रेजि भाषालाई मैले कोरियामा दुई तिन बर्ष बिताईसकेपछि गहन रुपले सोचेरै ‘किड़ अफ ल्ड़्ग्वेज’को संज्ञा दिन बाध्य भएको थिए।तपाईले फेरि प्रश्न तेर्स्याऊनुहोला,कोरियामा असि प्रतिशतले अंग्रेजि जान्दैनन अनि अंग्रेजि भाषालाइ किड़ अफ ल्याड़वेजको संज्ञा दिन मिल्छ?तर यति भन्छु म साथिहरु मेरो यो तर्कमा लगभग मेरा धेरै साथिहरुको स्पन्धनरुपि समर्थन छ है।
कोरियनहरुले जति सुकै आफ्नो संस्कृतिलाई बढुवा दिए पनि ऊनिहरु पाश्चात्य दर्शनबाट प्रभावित छन।अझ अचेलका युवा युवतिहरु भरिसके अंग्रेजिमै कुरा गरिरहन रुचाऊछन।कोरियन सरकारले प्राथमिक पाठ्यक्रमबाट अंग्रेजि भाषाको उपस्थिति
हटाईसकेको छ।यसो गुगलिड़ गरेर यसको कारण खोज्दा मैले यो पत्ता लगाए कि बालबालिकाहरुले अंग्रेजिमा बढि केन्द्रित हुदाँ कोरियन भाषा र संस्कृति भुल्ने डरले हटाऊन बाध्य भएको रे!तर आधुनिक युवा पुस्तामा अंग्रेजिको मोहले कहा छोड्छ र?
हामिले कोरिया जान कोरियन भाषा सिकेजस्तै ऊनिहरु पनि आफुलाई पोख्त र सभ्य बनाऊन अंग्रेजिको लत बसाऊछन।ऊसको देशमा आएका चिनजानका बिदेशि पाहुनासंग शुरु गरिहाल्छन बोल्न।हे,हे यु,नाईसि,एण्डसम,बितिफुल ईत्यादि।
केबिजले दिने तीन दिने ट्रेनिड़ सकिएको भोलिपल्टै बिहान मेरो साहुँ आईपुग्यो मलाई लिन।जीऊ आधा झुकाएर फुर्तिलो रुपमा ऊभ्याऊदै अभिबादन गरेपछि खुशि हुदै सोध्यो,”कफि थुरिड़्क?”मलाई अर्ध बुझे बुझे जस्तै लाग्यो।आधि बुझेजस्तो लाग्दैमा सुरिएर बोल्ने कुरा पनि भएन।
त्यो क्षण लजाऊदै मुस्काए मात्र।फेरि पहिलो भेटमै साहुँ भनाऊदोसंग नबुझिकन बोल्नु पनि कसरी?नेपालमा हुँदा कफि भन्ने मैले कहिल्यै नपिएको मान्छे।गाऊको मान्छेलाई कफिको स्वाद के थाहा।फेरि साहुँले कफि नै भन्या हो र?साहुँले भेन्डिड़ मेसिनमै लगेर कफि कफि भन्दै हातैले देखाएपछि अंग्रेजि अंक्षरमा लेखिएको कफि देखेपछि मात्र बुझे र हत्तपत्त भनिहाले,कफि।अनि फिस्स हास्दै टाऊको हल्लाए।
साहुँले फेरि सोध्यो?थुरिकं?मैले अच्चम मान्दै भने थुरिकं।
बास्तवमै भन्दा त्योताका साहुँको अंग्रेजि त खरो लाग्यो मलाई।म त ड्रिकं भन्थे।साहु त थुरिकं भन्दो रैछ।एक मनले सोचे पनि,हैट!मैले ऊच्चारण आजको दिनसम्म गलत पो गरिरहेको रहेछु।जे होस,
कफि पिए मैले।तर मलाई कफिको स्वाद थाहा थिएन।मेरो सम्पुर्ण ज्ञानेन्द्रिय साहुँऊपर केन्द्रित थियो।
पिईसकेपछि हत्तपत्त दौडाईहाल्यो साहुँले अनि हिडियो चारपांग्रेतिर।दौडाऊनु भन्दा अगाडि अर्थात कफि पिईसक्ने बित्तिकै आग्रह गर्यो।खा ईन्साईदु।
के भन्छ साहुँ?भाषा त पढेको भन्दा बेग्लै पो महशुष भयो मलाई।कति न पढेको भनेर घमण्ड गर्थे म।कोरियामै भएका साथिहरुसंग फर्रर्र बोल्ने अभ्यास गर्थे म।तर साहुँको त्यति जाबो छोटो बाक्य नै बुझिन मैले।मलाई निकै पश्चताप भयो।
सफा कारको गियर हल्लाऊदै सोधिहाल्यो साहुँले।हान्गुक नाईसि?फेरि अलमल भयो मलाई हान्गुक भनेको त बुझे तर नाईसि भन्या चै के हो नि?लौ फसाद पर्यो मलाई।साहुँको मुखमा पुलुक्क हेरे।ऊ धिर भएर ऊसको दृष्टि रोडतिर फिजारिरहेको थियो।एकछिन यसो सोचे।नाईसि कोरियन शब्द हो र?चेतन ,अचेतन र अर्धचेतन मनस्पटलमा भएका सम्पुर्ण शब्दहरुलाई सम्झे।अह् नाईसि शब्द कहिल्यै पढेको शब्द थिएन मैले।
आ नबुझिकन उतर दिनुभन्दा त नबोल्नु नै बेस।म चुपचाप भए।फेरि भन्दै थियो ऊ।
हान्गुक आनछुवा।नत बितिफुल?
हत्तपत्त मुखबाट फुस्किहाल्यो नि त्यसपछि त।
यस बिटिफुल।भेरि बिटिफुल।चोरि र बुढि औलोको टुप्पो जोडाऊदै भने।
साहुँले मुस्कान दिईहाल्यो मतिर फर्किएर।म गदगद भए।
अरे मेरो साहुँ त कोरियन भन्दा अंग्रेजि पो जान्ने रैछ।
यदि यस्तो हो भने त मैले कोरियन भाषामा दक्षता कसरि हासिल गर्ने होला?
त्यस्तै लाग्यो मलाई।हुन त मलाई पनि कोरियनभन्दा अंग्रेजिनै सजिलो लाग्थ्यो।
धेरैले भनेको सुन्थे, कोरियामा अंग्रेजिको ‘अ’ पनि आऊदैन साथि,जतिसक्दो भाषामा निपुर्ण हुने कोशिष गर्नु।हचुवाको भरमा नव शिकारुलाई उल्फ मिथ्या बोल्ने त्यो अनुहार बिर्षिसकेको साथिलाई फेरि तानेर सम्झे र मनमनै हकारे।”जे पायो त्यहि भन्ने?”
राईसि मग?साहुँले फेरि एकछिनपछि सोध्यो।मग्दा,मगयो,मगसुब्निदा,मगस्सयो,मगसेयो,मगसिपसियो,मग्गो ईस्सयो ईत्यादि त पढेकै हो।मग भन्या शब्द हुन्छ र?खैर पढेकै आधारमा मैले बुझिहाले पछिल्लो शब्दको अर्थ।खानु।तर राईसि मेरा लागि अनौठो शब्द बनेर फेरि ठिगं ऊभियो।साहुले खाने कुरा गरेको हो?कि खाईस भन्या हो?संगै खाऔ भन्या हो कि?पक्कै पनि भोक लाग्या छ कि छैन भनेर सोध्न खोजेको हुनुपर्छ।कति दयालु मेरो साहुँ।सबैको साहुँ होस त यस्तो।मैले आफुलाई बाठो साबित गर्न वाल्ल पर्नुभन्दा अगाडि नै भनिदिए
ईट्स ओके।नो प्रोबल्म।
साहुँ त अच्चमित पो हुदै भन्छ,मुसुन मारिया?
मुसुन भनेको त पक्कै पनि कुन हो।तर मारिया भनेको चै?म जिल्ल परे।ला मैले उत्तर त गलत पो दिएछु।’आई एम सरि।’मैले निमेशमै निर्णय गरेर भन्दिहाले।साहुँ फेरि चकित हुन्छ मेरो कुराले।
वाई?वे?ऊ मतिर हेर्दै भन्छ।म भने छिटछिट पसिना आएर असिनपसिन हुन्छु।रातो न पिरो हुन्छु।के भन्ने के नभन्ने?फेरि साहुँ हो भन्या छ।पहिलो गासमै ढुड़्गा भयो मेरो हालत कस्तो होला?बर्षौ बिताऊनु छ कम्पनिमा।मैले हत्तपत्त कण्ठस्त वाक्य नै हाकिदिए।
मिहान हाम्निदा।साजागंनिम।ऊ फेरि मलाई नम्र हुदै प्रश्न तेर्साऊछ।ह्वाई?
नेपालि बुझ्ने भए पनि त केलाईकेलाई भन्दिनु हुन्थ्यो।भाषा नआएपछि यति सार्हो पर्ने रहेछ कि सबै सार्होगार्होपन अनुहारमा झल्किने रहेछ।रातो न पिरो भए म।धेरै दहकस भयो मलाई l