
नेपालको लागि पहिलो पोइन्ट सिष्टममा आधारित कोरियन भाषा परिक्षामा सहभागी १२ हजार १० जनाको नामावली सार्वजनिक गरिएको छ । गत जेठ २४ र २५ मा लिइएको कोरियन भाषा परिक्षामा सहभागीहरुको नामावली सार्वजनिक गरिएको हो । मानव संसाधन विकास दक्षिण कोरियाले भाषा परिक्षामा सहभागी १२ हजार १० जनालाई स्किल टेष्टको योग्य उमेद्वारको लिष्टमा समावेश गराएको छ । सार्वजनिक गरिएको लिष्टमा भाषा परिक्षामा परिक्षार्थीले पाएको अंक सार्वजनिक गरिएको छैन ।
उर्तिण परिक्षार्थीले अव दोश्रो चरणको जाँच सीप तथा क्षमता परिक्षणमा भाग लिनु पर्नेछ । क्षमता परिक्षणमा उम्मेदवारको संवन्धित कामको अनुभव,तालिम शैक्षिक पृष्ठभुमि एवं प्रमाणपत्रलाई आधार लिएर भाषा परिक्षा, सिप र क्षमताको सवै अकं जोडेर परिक्षार्थीको अन्तिम लिष्ट मानव संसाधन विकास ९एचआरडी० ले तयार गरि सार्वजनिक गर्दछ ।अन्य देशहरुमा अघिल्ला वर्षहरुदेखि नै पोइन्ट सिष्टम शुरु भएपनि नेपालको आफ्नै आन्तरिक कारणले गर्दा यो वर्ष देखि मात्र कोरिया जानका लागि पोइन्ट सिष्टमा छनोट हुने प्रकृया शुरु गरेको हो । सीप तथा क्षमता परिक्षणका लागि मिति भने सार्वजनिक गरिएको छैन ।