कोरियन भाषा परिक्षामा ८२ हजार सहभागी हुदै

4244

सन् २०१९ का लागि कोरियन भाषा परीक्षा आगामी ज्येष्ठ २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् ।

जसमध्ये ६० हजारले काठमाण्डुबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यसका लागि काठमाण्डुमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष कोरियाले नेपालमा लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ । २६ र २७ गते हुने परीक्षाको नतिजा असारको १६ गते आउनेछ ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने गर्छ । परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा लिएर जानुपर्नेछ । दुईमध्ये एउटा मात्रै छुटेमा पनि परीक्षा दिन छैन् ।

यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ । यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।

परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने इपीएस कोरिया शाखाले जनाएको छ । उनले गतवर्ष विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको फर्म यस वर्ष रद्ध गरिएको छ ।

प्रतिक्रियाहरू