Home EPS / कोरिया कोरियन भाषा परिक्षा २ चरणमा हुने, भाषा परिक्षा पास भएपछि मात्रै सीप तथा क्षमता परिक्षणमा भाग लिन पाउने

कोरियन भाषा परिक्षा २ चरणमा हुने, भाषा परिक्षा पास भएपछि मात्रै सीप तथा क्षमता परिक्षणमा भाग लिन पाउने

0
कोरियन भाषा परिक्षा २ चरणमा हुने, भाषा परिक्षा पास भएपछि मात्रै सीप तथा क्षमता परिक्षणमा भाग लिन पाउने

कोरिया रोजगारका लागि आगामी जेठमा हुन लागेको भाषा परीक्षा यसपाली देखि २ चरणमा हुने भएको छ ।
भाषा परिक्षा उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुनेछ । जसमा पढाईमा २० सुनाईमा २० गरि ४० वटा प्रश्न संख्या हुनेछ । साथै दुवैमा २५/२५ गरि ५० मिनेटको परिक्षा समय हुनेछ । प्रथम चरणको भाषा परिक्षामा उर्तिण हुने अनुमानित संख्या उत्पादनमूलक क्षेत्रको ७,०५० र कृषि तथा पशुपालन क्षेत्रको ३,००० गरि १०,०५० जना रहेको छ ।
भाषा परिक्षा उर्तिण गर्नेहरुले मात्र दोश्रो चरणको जाँच सीप तथा क्षमता परिक्षणमा भाग लिनु पर्नेछ । क्षमता परिक्षणमा उम्मेदवारको संवन्धित कामको अनुभव,तालिम शैक्षिक पृष्ठभुमि एवं प्रमाणपत्र लाई आधार लिइने इपिएस शाखाले जनाएको छ ।

जेठ २५ र २६ गते हुने हुन लागेको भाषा परिक्षाका लागि चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने छ । आवेदकको परीक्षा काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुनेछ । दरखास्त दर्ता परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने सूचनामा उल्लेख छ । तर पोखरामा सुरुमा फर्म भर्ने १२ हजार मात्रले आवेदन फाराम भर्न पाउनेछन् ।

इपिएस शाखाको परिक्षा सम्वन्धी सुचना हेर्न यहाँ क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here