कोरियन युवाको मृत्युको सबैभन्दा उच्च कारण आत्महत्या

1769
Shadow of sad man hanging suicide. light and shadow

दक्षिण कोरियाको युवा आत्महत्या दर उच्च रहेको एक तथ्यांकले देखाएको छ l  प्रकाशित एक तथ्यांकअनुसार सन २०१७ मा आत्महत्याको कारण सबैभन्दा धेरै कोरियन युवाको  मृत्यु भएको छ l यसरी आत्महत्याका कारण मृत्यु हुने एसियन देशहरुमा कोरियनको संख्या  उच्च स्थानमा छ l

कोरियन तथ्यांक विभागका अनुसार सन् २०१७ मा  ९ बर्ष देखि २४ बर्ष उमेर  समुहका  प्रति १ लाखमा ७ .७ प्रतिशत को मृत्यु आत्महत्याको कारण भएको छ l यसभन्दा पहिला सन् २००९ मा आत्महत्या दर १०.३ प्रतिशत थियो l

मृत्युको दोस्रो कारण सडक दुर्घटना ३.४ प्रतिशत छ भने तेस्रो कारण २.७ प्रतिशत युवाको मृत्यु क्यान्सर बाट हुने गरेको छ l
त्यसैगरी  १३ बर्ष देखि २४ बर्ष उमेर समुहका ४५ प्रतिशत युवा मानसिक तनाब बाट ग्रसित रहेको समेत तथ्यांकमा उल्लेख छ l यो उमेर  समुहका युवा  बिशेष गरि आफ्नो योग्यता अनुसारको जागिर नपाउदा तनाबमा पर्ने गरेका छन्  l

त्यस्तै माध्यमिक तथा उच्च शिक्षा हासिल गर्दै गरेका ६.७ प्रतिशत युवाले चुरोट सेवन गर्ने गरेको तथा १६.९ प्रतिशत युवाले रक्सि पिउने गरेको तथ्यांकमा उल्लेख छ l २९ .३ प्रतिशत युवा स्मार्ट फोनको लतमा फसेको समेत बताइएको छ l
योंहाप

प्रतिक्रियाहरू