कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना

884

कोरियन रास्ट्रपति मुन्जे इनको तस्बिर राखेर गलत समाचार सम्प्रेषण  गर्ने टर्किस ब्रोडकास्ट टेलिभिजन लाइ जरिमाना हुने भएको छ l उक्त टेलिभिजन च्यानलले गत फेब्रुरीमा राष्ट्रपति मुन्जे इनको तस्बिर राखेर कुवेतमा मारिएकी एकजना फिलिपिनी महिलाको शंकास्पद हत्यारा भनि समाचार प्रसारण गरेको थियो l


साथै उक्त च्यानलले गत फेब्रुरी २५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप कि छोरी इभंन्का ट्रंप लाइ मुन्जे इन को श्रीमती भनेर समाचार समेत प्रसारण गरेको थियो l  ओपम्पिकको समयमा कोरिया आएकी ट्रंप संग संगै खिचेको तस्बिर लाइ उक्त समाचारमा प्रस्तुत गरिएको कोरिया संचार आयोगले बताएको छ l


कोरियाको परराष्ट्र विभागले उक्त समाचार को आलोचना गर्दै टेलिभजन च्यानलल लाइ कारबाहीको माग गरेको थियो l गतल समाचार प्रसारण प्रति माफी माग्दै च्यानलले जरिमाना समेत तिर्ने बताइएको छ l

प्रतिक्रियाहरू