कोरियन संग बिहे गरि आउने बिदेशी महिलालाई केहि सहज हुने , आफ्नै कारण पारपाचुके गरेपनि अबैधानिक नहुने

820

कोरियन नागरिक संग बिहे गरि आउने बिदेशी महिलाको बसाइ केहि सहज हुने भएको छ l कोरियाको उच्च अदालतले बुधाबर गरेको फैसला अनुसार बिहेगारी आउने बिदेशी महिलाले बिभिन्न कारणले पारपाचुके गरेतापनि कोरियाको बसाइ लम्ब्याउन पाउने भएका छन् l यसभन्दा अघि कोरियन श्रीमानको सय प्रतिशत गल्तिका कारण पारपाचुके गरेमा मात्र बिदेशी महिलाले कोरियाको बसाइ लम्ब्याउन पाउने नियम थियो l

उक्त फैसला अनुसार बिहे गरि आउने महिलाले केहि प्रतिशत आफ्नै कारणले समेत पारपाचुकेको लागि निबेदन दिन सक्ने छन् l तर कोरियाको बसाइ लम्ब्याउनको लागि कोरियन पुरुषको केहि गल्ति भने अबस्य प्रमाणित गर्नु पर्ने छ l त्यस्तै अदालतले कोरियन श्रीमानको मृत्यु भएमा वा हराएमा समेत कोरियाको बसाइ लम्ब्याउन निबेदन दिन सक्ने फैसला गरेको छ l गत हप्ता कोरियन पुरुष संग बिहे गरि आएकी एक भियतनामी महिलालाई कुटपिट गरेको भिडियो भाइरल भएपछी सरकारको ध्यानाकर्षण गएको थियो l उक्त कुटपिट गर्ने ब्याक्ति हाल प्रहरी हिरासतमा छन् l त्यस्तै सन् २०१५ मा कोरियन पुरुष संग बिहे गरि आएकी एक भियतनामी महिलाले आफुलाई कोरियन श्रीमानले दुर्ब्याबहार गरेको , बिना ज्याला काममा लगाएको आदि कारण देखाई सन् २०१६मा पारपाचुके थियिन l उनले सन २०१७मा कोरियाको बसाइ लम्ब्याउन तल्लो अदालतमा निबेदन दिएता पनि कोरियन पुरुषको सय प्रतिशत गल्ति नभेटिएका कारण विचाराधीन रहेको थियो l उक्त मुद्वालाई सर्बोच्च अदालातले उल्ट्याउदै ति महिलाकै पक्षमा फैसला समेत गरेको छ l

प्रतिक्रियाहरू