कोरियाका अग्नि पिडितलाई जापानी रक स्टारले दिए करिब ९० हजार अमेरिकी डलरको आर्थिक सहयोग

534

दक्षिण कोरियामा गत हप्ता भएको भिषण आगलागी बाट घाइते तथा घरबार बिहिन भएकाहरुलाई जापानि रक स्टार योस्हिकी ले १०० मिलियन कोरियन वन अर्थात ८७ हजार ९ सय अमेरिकी डलर सहयोग दिएका छन् l
एक्स जापान ब्याण्डका अध्यक्ष समेत रहेका रक स्टार योस्हिकीले उक्त सहयोग गैह्र नाफामुखी संस्था योस्हिकी फाउन्डेसन अमेरिका मार्फत चाइल्ड फन्ड कोरियालाई प्रदान गरेका हुन्  l सहयोग हस्तान्तरण गर्दै उनले आफु कोरियन अभिनेताको जोडी ली ब्युङ् -हुन् र मिन जुंग बाट प्रभावित भएको बताए l कोरियन अनलाइनका अनुसार उनले फाउन्डेसन मार्फत खाङ्वन क्षेत्रका अग्नि पिडितको सिघ्र पुर्स्थापनाको कामना समेत गरेका छन् l
सन् १९८५ देखि चर्चामा रहेको एक्स जापान ब्याण्ड सन् १९८९मा रिलिज भएको  “इन्डलेस रेन” रक गीतले थप चर्चाको शिखरमा  पुर्याएको थियो l
दक्षिण कोरियाको खाङ्वन प्रान्तमा यहि अप्रित ४ तारिख भएको भिषण आगलागी बाट १ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् l त्यस्तै हजारौ मानिस घरबार बिहिन भएका छन् l

प्रतिक्रियाहरू