कोरियाका उल्टा कुरा

1921

कोरियामा के उल्टो देख्नुभयो?उनिहरुलाई सुल्टो लाग्ने हामिलाई उल्टो लाग्ने के के हुन? केहि जान्न चाहानहुन्छ? रहनसहन रीतिथिती मात्र होइन केहि प्रतिज्ञा समेत उल्टा छन।मैले मात्रै देखेको हैन ।धेरैले देखेका छन तर थोरैले मात्र लेखेका छन।तिनै थोरै मध्यको एक हुॅला तेसैले लेख्ने जमर्को गरेको छु।यो टोनि ब्लेयर ,भ्लादमिर पुटिन बाराक ओवामाका रहस्यमय कथा लेख्ने प्रयास गरेको हैन न कुनै ग्रन्थ नै लेखेको छु।मेरो देस नेपालका गाॅउका अभ्यास र याॅहा देखेका कुरा गाॅउले पाराले लेख्तै छु।
प्राय धेरै देसमा गाडिको दाॅया सिटमा चालक बस्छन तर कोरियामा बाॅया सिटमा चालक बस्छन।किन?

यो उनिहरुको प्रतिज्ञा हो ।हामि संसारकै फरक नागरिक र देस हौ भन्ने पहिचान बनाउनलाई हो।पछि बिकास भएर कोरियाले धेरै सिकेको छ।हान नदीको चमत्कारको संज्ञा दिदै एशियाको बाघ बनेर उदाएको यो देसका नागरिक आफ्नै पनमा रमाउॅछन।
मरेपछि हामि नदीतिरमा जलाउॅछौ यिनीहरु पाहाडमा गाडछन।हामि एकअर्कामा जुठो खान हिच्किचाउॅछौ यिनिहरु मतलवै गर्दैनन।हामि शौच गरेपछि धुन्छौ यिनीहरु पेपरले पुछ्छन।हामि मसला खान्छौ यिनिहरु सामुद्रिक किरा झारपात खान्छन ।
हामि हात वा चम्चाले खान्छौ यिनिहरु काॅटा वा छेस्काले खान्छन।हामि खाली पेट चिया कफि खान्छौ यिनीहरु खानापछि अनिवार्य चिया खान्छन।
घरपालुवा जनावरलाई हामि हरियो घाॅस हाल्छौ यिनीहरु जे पनि सुकाएर मात्र खुवाउॅछन।हामि यो खानि त्यो नखानि भन्छौ उनिहरु खान हुनि जे पनि खान्छन।हाम्रामा तितेपाती बाख्राले नि खान्न याॅहा महड़गोमा बिक्री हुन्छ ।हाम्रोमा सखरखन्डका गाना खाईन्छ याॅहा पात पनि खाईन्छ।भात खाएसि चिसै हात चिया या कफि खानुपर्ने अर्को उल्टो हो।

उपल्ला गराको पानी तल्लो गरोमा जसै ऑउछ तल्लाको उपल्लामा जाॅदैन भनिन्छ तर कोरीयामा तल्लो खोलेर उपल्लो रोपेको देखियो।मकै छर्नि हैन रोपियो।एउटा बुटाऑ
पाॅच थरी फलफुल फलाउनु के उल्टो हैन?हल गोरुले जोत्नु पर्नेमा एउटा गोरुले जोतेको पनि देखियो ।काटनी कुनियो लाउनी दाऑई हल्नी टौवा देखि धान हैन चामल भित्राउनि सम्मका कातिक मंसिर सम्मको काम एकैदिन सक्नु चानचुने उल्टो हो?

खास गरी महिला पुरुषको पो गज्जवको उल्टो देख्नुभयो भने अचम्म नमान्नुहोला।छोटो कट्टु मात्र लाका भ्ए पक्का केटी हुन।विवाह भए नभएको अत्तोपत्तो प भेउ पाउन सक्नु हुन्न।न हातमा चुरा छन न सिउॅदोमा सिंदुर छ।भएभरको यौवन एउटा आधाबित्ताको टालोको जिम्मा लाएर शहर घुम्न मिल्छ?गर्मिमा समुन्द्री किनारका किन्नरीहरुलाई खुल्ला ऑखाले हेर्दा एकदुई ठाॅउमा टिपेक्स लगाएका अक्षर झै यौन छचल्किएको देखिन्छ।के मरेपछि पनि कात्रोबाट झिकेर स्याउलाले छोपेर चितामा राख्ने नाॅगो शरीर नदेखाउने सभ्यता भएका हाम्रलागि यो उल्टो हैन?उमेर पुएकि छोरीलाई आमाले सोध्छिन ?तिम्रो कति वटा (नाम्जा छिन्गु ) व्वाई फ्रेन्ड छन?यो माहा उल्टो हो हाम्रो लागी।छोरी पाउनी बाउआमा मख्ख छन किनहोला?””भनेर भएन लाउरेले लएन” भनेर बैशं खेर फालेका बुढी कन्या जस्तै उ बेलाॅ यजा छिन्गु बनाईएन अहिले कसैले पत्याएनन।अनि केटीले मागेजति सम्पति भएन।बिहे पनि भएन भनेर लामो सुस्केरा हाल्ने बुढा कुमार बग्रेल्ती भेटिने अवस्थालाई पनि मैले उल्टो बताए।दाईजो दिएर बुहारीलाई अपार्टमेंट गाडि र बैड़क ब्यालेनस दिन नसक्नीको बिबाह हुनि संभावना कम छ।कोरीयन बुढासॅग बिहे गरेर आउनी युवतीको उमेरअन्तर काहाली लाग्दो छ।समग्रमा महिलाको पॅहुच र अधिकार धेरै अगाडी छ।बाउले बच्चा बोकेर आमा रित्तै हिॅडने चलन छ।

कम्तिमा दस आईटम अगाडि राखेर सागपात सित भात मासु बेरेर काॅचै खाने बानी हामिलाइ शुरुमा उल्टो लाग्छ।आइमाईले कपाल काटेको पनि स् सानो उल्टै मानिन्छ।
ऑफु भन्दा बढी उमेरको मानिस सॅग राष्ट्रपति नै रछ भनेपनि शिर झुकाएर अभिवादन गर्छन।सरकारी कार्यालयमा कर्मचारीले सेवाग्राहिलाई गर्ने व्यवहार अति राम्रो पाईयो।जनताको कर खाएपछि सेवा जनताको गर्नुपर्छ ।शासन गर्ने होईन।यो प्रवृति हाम्रो परिबेसमा उल्टो हुन सक्छ।चुनावमा भोट हाल्नी उदासिनता ,अरौटे भरौटे भर्याड़ बिनाका उम्मेदवार देखिनु पनि उल्टो होकि?जस्तो लागेको छ।
लास्टै उल्टो एउटै गाईले जोतेको देखियो।गोरुले नजोती दुर्गम गॉउमा अहिलेपनि गाईले जोत्ने प्रचलन छ।एउटै गाइले कसरी जोतिन्छ यो हाम्रा पाहाडी गॉउमा उपयोगि हुन सक्छ।

  • (हरिराम भण्डारी,जयकिसान)
प्रतिक्रियाहरू