कोरियाका पुर्व राष्ट्रपति लीलाई १५ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर

0
921

दक्षिण कोरियाका पुर्व राष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचार गरेको आरोपमा दोषि ठहर गर्दै पन्ध्र वर्षको जेल सजाय सुनाइएको छ । सोल अदालतले घुस खोरी, अनियमिता र पदको दुरुपयोग गरेको अभियोगमा दोषि ठहर गर्दै उक्त सजाय सुनाएको हो । अदालतले बाकलाई तेह्र अर्ब वोन अर्थात एक करोड पन्ध्र लाख डलर जरिवाना तिर्न पनि आदेश दिएको छ । अदालतले सवैभन्दा ठुलो इलोक्ट्रोनिक्स कम्पनी सामसङबाट अर्बौ वोन घुस लिएको ठहर गरेको छ । यद्यपी सामसङ र बाकले घुस लेनदेन नभएको दाबी गरेका छन् । अभियोग राजनैतिक प्रेरित रहेको दाबी बाकको छ । अदालतमा फैसला सुनाउदाँ बाक स्वास्थ्यको कारण देखाउदै उपस्थित भएका थिएनन् । कोरियामा भ्रष्टाचारको आरोपमा जेल सजाय पाउने बाक चौथो राष्ट्रपति हुन् । अप्रिलमा पनि पदिय दुरुपयोग गरी अर्बौ भ्रष्टाचार गरेको आरोप दोषि ठहर गरिएका पुर्व महिला राष्ट्रपति पार्क गुन्ह्येलाई तेत्तिस वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here