कोरियाका यि र नेपालका ति किसान

1427

मलाई फरक देसका यि दुई किसान मध्य एउटालाई माथि उचाल्नु र अर्कोलाई तल खसाल्नु छैन। दुवै प्रति उच्च आदर र सम्मान रहेको छ। दक्षिण कोरियाका यि किसान र नेपालका ति किसानको बिगत ४० वर्ष अघिको सामाजिक आर्थिक अवस्था करिव उस्तै थियो । आफ्नो पेशा कृषि प्रति दुवै समर्पित छन।तर एउटा सुखि संपन्न सम्मानित छन।अर्कोलाई झन ठुला दुखले घेरेका छन।किन?
यिनले सेड़ईल अर्थात आफ्नो जन्मदिनमा श्रीमतीलाई कार किन्दिन्छन। तिनले बर्ष दिनको तिजमा फरिया दिन धौधौ छ।जग्गाकै कुरा गर्नी हो भने ठुलाचौर सेराचौर बागलुड़ जानि बाटा सम्मै उनको जग्गा छ। बरा यिनको वेन्छलीमा डक्क 5रोपनी सरकारले अडकलेर देको जग्गा छ।एता यि दैनिक दुई ट्यड़कर दुध घरैबाट बेच्छन।तेता ती दिनदिनै ट्यामि लिएर डायरीमा दुध बेच्न पनि गकै छन।आफ्नो पैतालाका चप्पल समेत मर्मत गरेर लाका छन।एता यि बर्ष को एकपटक परिवार लिएर बिदेस घुम्न निस्कन्छन।एता यि नोरेफाड़ डिस्को धाउॅछन उता उनलाई भुसाहको चिलिम फेर्न गारो छ।१० वर्ष जेठा यि भर्खरका देखिन्छन कान्छा ति चाउरी परेका छन।यिनले गाई ढाडिएमा पेट काटेर आन्द्राको प्लास्टिक सर्जरी गर्न सक्छन।तिनले मुठीले नुन खुवाउदा गाईले टोकेर हेल्थ पोष्ट जान्छन।यस्ता फरक केलाउनी हो कति हो कति छन।यि दुईको नीजि जीवन र व्यवहारले देसको कृषि र किसानको अवस्था प्रतिबिम्बत गर्छ।

दुखः गर्दैमा संपन्न नभॅइदो रहेछ।दुखःमा आइडिया नमिसाउनु, पढेलेखेकाको हेपाई ,तोरी लाउरेहरुका ढाॅचा,हिनताबोधले ग्रसित नेपाली किसान मरिच झै खुम्चिएका छन।मानविय तराजुमा जोख्ने हो भने एताका यि किसान धनका धनि भएपनि मनका गरीब छन। किन टाईम नलिएर आको?काम नगरी खान पाईदैन ।छोरी खार जा ज्वाॅई भोकै जा भन्न तेताका तिनले काॅहा सक्छन?बस्नुहोस कता ट आउनुभयो?बस्नुस खार जानुस भन्ने फराकिलो मन छ।

म दंड़ग पर्छु भगवानले त यि दुवैलाई दिनि चिज बराबर छ।बिगत ४० बर्समा यिनले व्यवशायिक ढंगले अपडेट गरे भने तिनले जस्ताको तस्तै घिर्सिए।यसमा स्वमं किसानको समुदायको र राज्यको चरम लापरवाही छ।उनले कहिल्यै व्यवशायिक हुनि काम गरेनन।ट्यामि मात्रै हेरे दुख मात्र गरे।ऑगेटारीमा पानी कम भयो र धान भएन सातधारेमा पानी धेरै भयो र धान लडेर सखाप भयो ठुलाचौरमा टाढा भर रेखदेख पुएन सेरचौरको ढिलो पाक्यो र असिनाले खायो।दुख साउन सॅग भयो खाॅदा फाउन पनि पुगेन। एकै ठाँउमा भको जग्गा मात्रै हुनि हो भने मात्र पनि यिनको अवस्थामा धेरै परिवर्तन ऑउने थियो।

समुदाय समाज किसान मैत्रि नहुनु नेपाली किसानको सवै भन्दा टाउको दुखाई हो।एक त डाॅडामा पानी कम हुन्छ। सोच पनि दरिद्र छ एउटा ब्लक उद्दोगले पानि पाउदा उत्तिकै लगानी गरेका कुखुरा गाई र गोलभेडा उत्पादक किसानले पाउदैन।अध्यक्ष जो छ उस्को धारामा मात्रै चौबिसै घन्टा ऑउछ।सचिवको मात्रै जुठाल्नोमा धारा छ।अरु ८/१० घरले एउटै धारा त्यो पनि २ घन्टा अडकलेर दिन्छन।धेरै बर्ष यस्तो अन्याय चलेको छ।पानि धेरै भको ठाॅउमा केहि गरौ भने छाडा चरिचरनको बिगबिगी छ।फेरी पानी खेर गैरहदा सम्म कसैले वास्ता गर्दैन सदुपयोग गरेर खेति गर्ने हो भने आम सभा हुन्छ।कतानै आफ्नो गरा फोटाको छेउमा डालेघाॅस वा बाॅसको बुटो कसैलाई केहि असर नपर्नी गरी सारे उ अतिक्रमणकारी हुन्छ।त्यसै फलेको त हो भनेर चोर्नी माग्नी केहि नलाए बस्तु समेत फुकाएर सम्म केहि गर्न नदिने प्रयास हुन्छ।कतैबाट केहि सहयोग आएमा सवै किसान भैदिन्छन।दामासाहिले कहिल्यै किसानको हित हुदैन।कसैले जाॅगरले काम गरेको ठाॅउमा गएर मोरेरै जानि त होस आखिर कति दुख गर्छस भनेर हतोत्साहित गरिन्छ।बेच्न जाॅदा डोके मुले आलुको संवोधन हुन्छ ।कृषकलाई चाहिने उर्जा दिनु त परै जावस अपमानित व्यवहार हुन्छ।अनि कसरी हुन्छ ? कृषि र किसानको बिकास।

राज्यको किसानमारा नीति छ।देसमा मल कार्खाना खोल्दैन ।कमिसन खाएर मल ऑउछ।किसानको परिभाषा समेत छैन।मन्त्री कोहि हिलो छ्याप्ने त कोही रुन्चे छनोट हुन्छन।कुहेका आलु प्याज आयात गर्नी स्वदेसमा उत्पादन प्राथमिकता छैन।आफ्नो देसमा उत्पादन हुने अति आवश्यक बस्तु आयतमा प्रतिबन्ध लगाउन सक्तैन।खेतियोग्य जग्गा प्लटिड़ गर्नि मुलुकमारा किर्नाहरुलाई कुनै कार्वाही गर्दैन।भएभरका नीयम कानुन केवल किसान उठन नदिनी खालका छन।किसानहरु बिरहका गित र हाॅस्यब्यड़गका पात्र भएका छन।धनिले गाडि किन्ने रिण पाउछ गरिब किसानले मलविउ पाउदैन।सबैको दिमागमा किसान भनेका दुखःका पर्याय हुन भन्ने सोच छ।चुनावका भोट बैड़क मात्र हुन भन्ने गलत मानसिकता रहेसम्म कसरी कृषिले सुनौलो बिहानी ल्याउन सक्छ?

  • हरिराम भन्डारी जय किसान,हाल दक्षिणकोरिया
प्रतिक्रियाहरू