कोरियाका संस्थामा ब्याक्तिगत बर्चस्व , संस्थाको लेटरप्याडको चरम दुरुपयोग

543

कोरियामा स्थापित माऊ संस्थामा ब्याक्तिगत बर्चस्व  बढ्न  थालेको छ l कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिको संयोजकत्वमा गत वर्ष मे महिनामा कोरियाको बाउजंसा गुम्बामा नेपाल बाट ल्याई बुद्व प्रतिमा स्थापना गरिएको थियो l कोरिया स्थित नेपाली दुतावासको सम्रक्षण तथा नेपाल बौद्व परिवारको सहकार्यमा स्थापना गरिएको उक्त प्रतिमाको लागि लाग्ने खर्च कोरियामा रहेका बिभिन्न आभियान्ता हरुको सहयोगमा संकलन गरिएको थियो l

पछिल्लो समय उक्त प्रतिमा स्थापनाको लागि संकलित आर्थिक हिसाब किताबलाई लिएर सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी पनि हुन् थालेका छन् l

यसैबीच संथाका महासचिब निर्मल कुमार बेल्बासेले संस्था भित्र चरम आर्थिक दुरुपयोग भएको भन्दै १ महिना पहिला एकतर्फी रुपामा निकालेको बिक्यप्ति लाइ केहि अनलाइन मिडिया हरुले प्रकाशित गरेका छन् l उनले निकालेको उक्त बिक्यप्तिमा संस्थाको छाप तथा आधिकारिक लेटारप्याड प्रयोग गरिएता पनि संस्थाका अध्यक्षको कुनै हस्ताक्षर भने प्रयोग गरिएको छैन l

यो वारेमा संस्थाका अध्यक्ष अन्जु केसीलाइ सम्पर्क  गर्दा केसीले  यस वारेमा आफु कुनैपनि  जानकार नरहेको   बताइन l उनले भनिन ” हामीले बुद्व प्रतिमा स्थापनाको लागि लागेको सम्पूर्ण हिसाबकिताब सामाजिक संजाल तथा कोरिया बाट चल्ने बिभिन्न नेपाली अनलाइन मिडिया  मार्फत सार्बजनिक गरिसकेका  छौं l यस वारेमा कोहि कसैलाई चित्त नबुझे प्रश्न राख्नु स्वाबिक हो  l हामीले पारदर्शी रुपमा सम्पूर्ण हिसाब किताबको लिस्ट नै तयार पारेर दिन तयार भैरहेको परिप्रेक्षमा कुनै जानकारी बिनै  संस्थाको लेटर प्याड दुरुपयोग गर्नु संस्थामा ब्याक्तिगत हाविको पराकाष्ठा हो l  कुनै पनि संस्था आधिकारिक लेटरप्याड संस्थाका महासचिब संग हुने हुनाले महासचिबले नै दुरुपयोग गरेको देखिन्छ l ” उनले  यसवारे समितिमा आधिकारिक छलफल पछी सम्पूर्ण सत्य तथ्य बाहिर आउने भन्दै संस्था भित्रको जिम्मेवार ब्याक्तिले  संस्थाले कुनै गलत गरेको भए औल्याउनु पर्नेमा उल्टै बैठकमै अनुपस्थित भै ब्याक्तिगत रुपमा संस्था गिराउन खोज्नु गैह्र जिम्मेवारी रहेको  समेत बताइन l

त्यस्तै थप जानकारीको लागि हामीले बरिष्ठ  उपाध्यक्ष श्री श्रेष्ठ संग सम्पर्क गर्दा  उनले यसवारेआफु अनविज्ञ  रहेको बताए l उनले भने ” महासचिब लाइ पटक पटक बैठकमा बोलाउदा आउनु भएन अहिले आएर संस्थाको लेटर प्याडको दुरुपयोग गर्दै भ्रम सिर्जना गर्न खोज्नु संथामा ब्याक्तिगत बर्चस्व जमाउन खोज्नु हो l हामि आर्थिक पाटोमा पारदर्शी छौं कसैलाई थप जिज्ञासा भए पत्रकार सम्मेलनमा हामि थप जानकारी गराउन तयार छौं l

गत  बर्ष मे २० तारिखमा कोरियाको प्रसिद्व पर्यटकीय स्थल  बाउजंसा गुम्बामा नेपाल बाट ल्याई बुद्व प्रतिमा स्थापना गरिएको थियो l उक्त अभियानको संयोजकत्व नेपाली सम्पर्क समितिले गरेको थियो भने नेपाल बौद्व परिवारले सहकार्य गरेको थियो भने  कोरिया स्थित नेपालि दुतावासको सम्रक्षण रहेको छ l

प्रतिक्रियाहरू