कोरियाको अध्यागमन विभागले गर्यो कडाइ , मासुजन्य पदार्थ भित्राएमा १ करोड वोन सम्म जरिवाना हुने

384

कोरियाको अध्यागमन  विभागले  कोरिया भित्रिने मासुजन्य पदार्थमा थप कडाइ गर्ने भएको छ l आउदो जुन १ तारिख देखि लागुहुने उक्त नियमानुसार कोरियाको अन्तर्राष्ट्रिय बिमानस्थलमा बाट प्रवेश गर्ने कुनै पनि ब्याक्तिले मासु तथा अन्य मासुजन्य पदार्थ भित्राएमा १ करोड वोन  सम्म जरिवाना लाग्ने छ l

जनवार तथा मासुजन्य पदार्थ बाट सजिलै सर्न सक्ने अफ्रिकी स्वाइन फ्लु (ASF) को सम्भावित खतरा लाइ मध्यनजर गर्दै उक्त नियम लागु गरिएको इन्छन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागम विभागकले जनाएको  छ l
पछिल्लो समय अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल बाट भित्रिने मासुजन्य पदार्थहरुमा कडाइ गर्दै आइरहेको छ l यद्धपि हाल सम्म भेटिएका मासुजन्य पदार्थलाइ अब आइन्दा नल्याउने शर्तमा जफत मात्रै गरिएता पनि यति ठुलो रकम जरिवाना भने लिने गरेको छैन l
बिसेष गरि विदशी हरु कोरिया प्रवेश गर्दा आफ्नो देशको स्वादमा बनाइएका बिभिन्न मासुका परिकार हरु भित्राउने प्रचलन छ l
नेपालिहरुले पनि  अत्यधिक रुपमा सुकुटी तथा मासुको परिकार बाट बनाइएका अचारहरु  भित्राउने गरेको पाइन्छ  l विमानस्थलमा तालिम प्राप्त कुकुर हरुको मध्यम बाट मासुको परिकार सजिलै पत्ता लाग्ने हुदा यस्ता निषेधित पदार्थहरु प्रवेश नगराउदा उपयुक्त देखिन्छ l

प्रतिक्रियाहरू