कोरियाको अस्पतालमा अन्तिम बिदाइका हात हल्लाउदा …

2161

काम गर्दा गर्दै ‘बसन्ती’को आधा दर्जन फोन आएछ ।कामको हतारो सगै मेसिनको चर्को आवाज ले गर्दा फोन आएको मेसो पाइन ।

निर्जिब मेसिनहरुका बिचमा बसे पछि फोन त के दुई चार रेक्टरको पराकम्पन हरु गए पनि पत्तो पाइन्न ।शौचालय जाने समय मिलाएर कल ब्याक गरे ।कोरियन भाषा सगै टुटेफुटेका केही अङ्ग्रेजी मिसाउदै ‘बसन्ती’ रुन लागी ।रुवाइ मिसिएको बोलिमा के भन्न खोजेको हो खासै भेउ पाइन ।

दिउसै सोजु लाग्यो कि कसो भनेर उल्टै जिस्काए ।अक्सर उ म सग जिस्कने गर्दथी ।

मलाइ थाहा थियो ।बसन्ती कहिले काहीँ दिउसै सोजु पिउथी ।मदिराको सौन्दर्य मात्नु हो ।कहिले काहीँ बसन्ती घर भित्रै भएपनी फाइटर बिमानको महिला चालक जस्तै बनेर बस्थी ।उमेर र जवानीको कच्चा धातु सग उसलाइ मतलब थिएन ।आफ्नै सन्सारमा रमाउने गर्दथी ।जिन्दगीको गणित बाचुन्जेल सम्म मात्र हो भन्ने उसको आफ्नै तर्क थियो ।

जे भए पनि भरे भेट्छु भनेर बाचा गर्दै आजको बोलिलाइ बिट मारे ।

एकैछिनमा फेरि म्यासेज पठाइ ।म्यासेज सगै अस्पतालमा भर्ना भएको फोटो पनि ।

म ढुक्क भए ।बसन्ती लाई सन्चो भएनछ । सोजु को कुरा गरेर जिस्क्याएकोमा आफैलाइ डबल डोजले हेपे जस्तो भान भयो ।बसन्ती लाई छिट्टै भेट्न मन लाग्यो ।तर परिस्थिति आफ्नो पक्षमा छैन ।घडीको सुइले ६ बजेको जनाउने आफ्नो दिशा तय गर्नै पर्थ्यो ।अरु उपाय थिएन । परेको बेला फुत्त निस्कन नपाउदा पुजीपति हरुले हाम्रो हर्मोन समेत कब्जा गरे जस्तो लाग्थ्यो ।त्यो ४ घन्टा ४ बर्ष भन्दा लामो भयो ।

बल्लतल्ल ६ बज्यो ।पसिनाले भिजेका हातका पन्जा खोलेर मिल्काउने बित्तिकै आफुलाइ विश्व युद्द जितेको सिपाही जस्तै लाग्ने ।अझ भोलि त सार्बजनिक बिदा
।अर्थात् अब लगातार ४८ घन्टा आफ्नै मर्जी ।मेरा लागि कोरियाका सबै भन्दा प्रिय मित्र घडी र क्यालेन्डर नै बने ।आँखा जति बेलापनी उनिहरुमै ठोक्किन पुग्ने ।अझ यहाको पन्चाङ्ग पात्रो त आफैले बनाए जस्तो ।बर्षभरीका राता छुट्टी कण्ठस्थ ।

ट्याक्सी बोलाए ।एक बोतल जुस बोकेर अस्पताल तर्फ हन्निए ।

ट्याक्सी बाट ३० मिनेटको दुरी ।हजारौ माइल जत्तिकै टाढा भयो ।

बसन्ती अस्पतालको शैय्यामा लडिरहेकी थिइ ।जुसको बोत्तल नजिकैको टेबुलमा राखेर छेवैमा बसे ।हाताभरी औषधी का इन्जेक्सन हरु झुण्डाइएका थिए ।मुखमा अक्सिजनको मास्क लगाइएको थियो ।मार्फाका स्याउ जस्ता राता गाला मा अजिब ललितकला पोतिएको थियो ।तर अहिले उसको मुहारभरी पिडाका राजमार्गहरु कोरिएका थिए ।

दुइ महिना अघि भेटिएकी बसन्ती भन्दा उ कयौ गुणा फरक थिइ ।म निशब्द बने ।उसको वरिपरि भएका अन्य बिरामी र कुरुवाहरु मलाइ क्वारर्क्वार्ती हेर्न लागे ।सायद बिदेशी अनुहार भएर होला ।

के भएको हो ? कहिले देखि अस्पतालमा बसेको ? एकैपटक सोधे ।उ बोलिन ।आँसु झार्दै अस्पतालको  रिपोर्ट लेखिएको एउटा कागजको फोटोकपी मेरो हातमा थमाइदिइ ।

चिकित्सकीय भाषाका अफ्ट्यारा कोरियन अक्षर सबै छिमल्न हिम्मत गरिन ।गुगल को सहयोग लिएर मोटामोटी बुझ्न सकिने गरि नेपालीमा ट्रान्सलेट गरे ।

एक्कासि चक्कर लाग्यो ।मुटुमा बारपाकको भन्दा ठूलो भुकम्प गयो ।लुडो खेल्दा सर्पको मुखमा पुगेको गोटि एकैपटक तल झरे जस्तै शरीर गलेर आयो ।
यस्तो अबस्थामा मस्तिष्क कसरी शून्य हुदै शब्द बिहिन बन्दो रहेछ भनेर पहिलो पटक थाहा पाए ।

म केही बोल्न सकिन ।गह्रौ काठको मुढा उचाले जस्तै गरि बसन्ती ले टिस्युपेपर उचाली र आँसु पुछ्दै भनी ‘राजु नो मोर होप ‘।

‘डन्ट वरी एभ्रीथिङ विल बी राइट ‘ सान्त्वना दिन खोजे ।यति भन्दा मेरो शरिर पसिनाले भिजिसकेको थियो ।मानौ आकाशमा डढेलो लागेको छ ।

बेलुकाको उपचार गर्न एक हुल डाक्टर हरु आए ।केही सोध्पुछ गरेर औसधिमा फेरबदल गर्दै बाहिरिए ।

काम कस्तो चल्दै छ ?आफ्नो राम्रो ख्याल गरेर काम गर्नु ।एक बर्ष देखि बारम्बार मलाइ भन्ने उसको शब्द यहि थियो र आज पनि दोहोर्याइ ।आफू मृत्यु शैय्यामा रहदा पनि मेरो चासो राख्दा अत्यन्तै भावुक बने ।

खासमा एक बर्ष अगाडी ख्वाङ्जु देखि सौल सम्मको पट्यारलाग्दो रेल यात्रा गर्दा बसन्ती सग भेट हुने अबसर जुरेको थियो ।अक्सर कोरियन हरु अपरिचित सग त्यति बोल्न रुचाउदैनन ।तर सगै सिटमा यात्रा गरेकी बसन्तीले बोल्ने अनुमती माग्दै मेरो यात्रालाइ पनि सहज गराइदिइ । बिश्वका झन्डै एकदर्जन देशहरू यात्रा गरेको बताउने बसन्तीले नेपालको सिमाना मा रहेको दार्जीलिङ र सिक्किम समेत पुगेको प्रमाण देखाइ । दार्जिलिङ का विभिन्न गुम्बाहरु र सिक्किममा रहेको ‘सिक्किम प्रबेश द्वार ‘ लेखिएको ठाउमा खिचेका फोटाहरु प्रमाण को रुपमा मलाइ देखाइ ।

त्यो तीन घन्टे यात्रा सामान्य चिनजान देखि न्वारान गरेर नाम राख्ने सम्मको रमाइलो भयो ।खासमा उसको नाम ‘किम इन जु ‘ रहेछ मैले बसन्ती भनेर राखिदिए ।उ खुशी थिइ ।भेट्सगै बसन्तीले नेपाल यात्रा गर्ने बाचा समेत गरि गरी।

प्राय फुक्काफाल भएर हिड्ने बसन्ती लाई कुनै कुराको कमी रहेनछ भन्ने मैले आभास गर्थे ।यद्यपि पारिवारिक कुराको जानकारी गराउने कामबाट उ सधै टाढा रही ।मैले पनि जान्ने कोसिस गरिन ।समय सगै बसन्ती नजिक हुँदै गइ ।नेपाल घुम्ने इच्छा राख्दै नेपाली भाषा सिक्न निकै कष्ट गरि ।गुरुकुलका बटुकहरुले बेदका ऋचा घोके जस्तै गरि क देखि ज्ञ सम्मको यात्रा छिचोल्न गरेको मेहनत देख्दा आफैले यातना दिए जस्तो लाग्थ्यो ।

एकदिन ख्याल ख्यालमै सोधे ‘बिहे गर्दिनौ ‘?

उसले सजिलै जवाफ दिई ।म एक्लो छु र त म सग सन्सार छ ।बिहे पछि आफ्नो परिधी र आयतन स्वत सकिन्छ ।बिहे गरेर तनाबको कारखाना किन खोल्ने ? समयमै सायद सबै तनाब बाट मुक्त हुने कर्म लेखिएकोले यस्तो शब्द निस्केको रहेछ कि ??

लेखक – राजुश्री हाल दक्षिण कोरिया

प्रतिक्रियाहरू