
दक्षिण कोरियामा एसियाना एयरलाइन्सको बिमान ठुलो दुर्घटनाबाट बचेको छ l १९४ यात्रु बोकेको विमानको आपतकालीन ढोका थेगु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु अघिनै यात्रुले खोलेपछि विमानलाई आपतकालीन अवतरण गराई दुर्घटना हुन् बाट बचाएको अधिकारीहरुले बताएका छन l
जेजु टापु बाट थेगुको लागि २५० मिटर माथि आकासमा उडिरहेको विमानको आपतकालीन ढोका खोलेको आशंकामा प्रहरीले ३३ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको छ ।
बिमान सकुशल थेगु अन्तराष्ट्रिय बिमान्सथलामा अवतरण भएको छ l यधपी केहि यात्रुहरुलाइ सास फेर्न अफ्थ्येरो भएका कारण अस्पतालमा भर्ना गरिएको आपतकालीन उद्वार टोलीले बताएको छ l