कोरियाको आजको दिन इतिहासमै सवैभन्दा गर्मी दिन, तापक्रम ४०.३ डिग्री सेल्सीयस

21499

दक्षिण कोरियामा आज इतिहासकै सवैभन्दा गर्मी महशुस गरिएको छ । कोरियन प्रायद्धिपका लागि आजको दिन सवैभन्दा गर्मीको दिन महशुस भएको यहाँको मौषम विभागले जनाएको छ । आज ख्याङबोकको याङछन शहरमा सवैभन्दा भन्दा तातो अर्थात ४०.३ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । जुन सन् उन्नाइस सय ७ यता कै सवैभन्दा गर्मी हो । यस अघि सन् उन्नाइस सय बयालीस अगष्ट एक तारिख थेगुमा सवैभन्दा गर्मी ४० डिग्री सेल्सीयस तापक्रम पुगेको थियो । तापक्रम अचाक्ली तवरले बढेपछि स्वास्थ्यप्रति गम्भिर हुन र ख्याल गर्न अधिकारीहरुले सुझाव समेत दिएका छन् ।