कोरियाको आधा जनसंख्या राजधानी तथा आसपासका क्षेत्रमा मात्र ,ख्यांङ्गिदोमा सबैभन्दा धेरै

1514

कोरियामा देशको आधी भन्दा धेरै जनसंख्या  राजधानी तथा यसका आसपासका क्षेत्रहरुमा मात्रै  रहेको एक तथ्यांकले देखाएको छ l कोरिया तथ्यांक तथा सुचना विभागले प्रकाशित गरेको एक रिपोर्ट  अनुसार राजधानी सियोल , ख्यांङ्गिदो तथा इन्छन क्षेत्रमा मात्र बसोबास गर्ने कोरियनको संख्या ५० .००१ प्रतिशत पुगेको छ  l
यद्यपी राजधानी सियोलको जनसंख्या भने घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ l सन् २०१९ सम्म  ख्यांङ्गिदो क्षेत्रको   जनसंख्या सबैभन्दा धेरै १३ .२४ मिलियन रहेको छ l त्यस्तै इन्छन क्षेत्रको जनसंख्या करिब ३ मिलियन छ भने सियोलको जनसंख्या ९.७२ मिलियन रहेको छ l
सन् १९७० सम्म २८.७ प्रतिशत जनसंख्या रहेको यी क्षेत्रमा सन् २०१० सम्म आइपुग्दा ४९ .२ प्रतिशत पुगेको थियो भने हाल यो क्षेत्रको जनसंख्याले ५० प्रतिशत नाघिसकेको तथ्यांक विभागको रिपोर्टमा उल्लेख छ l

नागरिक समाजले यी क्षेत्रहरुमा मात्र बढिरहेको जनघनत्वलाई कम गर्न सरकारले कुनै कदम नाचालेको आरोप लगाउदै आएको छ l देशको ११.८ प्रतिशत भूभाग ओगटेका यी क्षेत्रमा मात्र  ५० प्रतिशत भन्दा धेरै जनसंख्या हुनु देशको लागि राम्रो संकेत नभएको भन्दै नागरिक समाजले राजधानी केन्द्रित श्रोत र साधनलाई नीति बनाएर विकेन्द्रीकरण गर्नुपर्ने माग समेत गरेको छ l

प्रतिक्रियाहरू