कोरियाको दक्षिणपूर्वी शहर उल्सानमा आफ्नो घेराबाट भागेका तीन वटा भालुले आक्रमण गर्दा दुइजनाको ज्यान गएको छ l
प्रहरीका अनुसार राजधानी सिओलबाट ३०७ किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानमा एउटा कृषि फारम चलाउदै आएका ६० वर्ष उमेर समूहका दम्पतीको शव बिहीबार राति फेला परेको हो l
दम्पतीकी छोरीले आफ्ना बाबुआमा घण्टौंसम्म सम्पर्कविहीन भएको खबर गरेपछि दमकल अधिकारीहरु र प्रहरीले उनीहरुको खोजि गर्दै काम गर्ने खेतमा पुगेका थिए l
उक्त स्थानमा भालुको आक्रमणका कारण क्षतविक्षत अबस्थामा दम्पत्तिको शव फेला परेको बताइएको छ l
अधिकारीहरूले दुई एसियाटिक कालो भालु आफ्नो खोरको बाहिर र एउटा भित्र फेला पारेका थिए lउनीहरूले घटनास्थलमा भालुलाई नियन्त्रणमा लिन गोली प्रहार गरेका थिए l