कोरियाको एउटा आवास भवनमा आगलागी, ७ को मृत्यु एक दर्जन घाइते

0
785

 

कोरियाको राजधानी सिओल स्थित जुङ्नो मा रहेको एउटा आवास भवन  ( भिल्ला) मा आगलागी हुदा ७ जनाको मृत्यु भएको छ l शुक्रबार बिहान करिब ५ बजेको समयमा भएको उक्त आगलागीमा परि १२ जना घाइते भएको सिओल प्रहरीलाई उदृत गर्दै कोरियाली संचार माध्यमले  जनाएका छन् l

-- Ad --


५० जनाको आवास रहेको उक्त भवनको तेस्रो तल्ला बाट आगो लागेको बताइएको छ l अग्नि नियन्त्रकका अनुसार आगो भवनको सिंढी  बाट शुरु भएको थियो l बाहिर निस्किने बाटो बन्द भएको कारण धेरैको निशासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक रिपोर्टमा बताएको छ l

“मानिसहरु  भबन भित्रबाट सहयोगको लागि  चिच्चाई रहेको सुनिथ्यो  तर भित्र जाने अबस्था थिएन ” एक प्रत्क्षय दर्शीले बताए l बिहान ७ बजे आगो पूर्ण नियन्त्रणमा आएको थियो l मृतक हरु सबै ४० देखि ६० बर्ष बिचका मजदुर  छन् l

सन् १९८३ सालमा बनेको उक्त ३ तले भवनमा कुनै पनि सुरक्षा संकेत जडान गरिएको थिएन l सरकारी मापदण्ड भन्दा निकै कमसल खालको उक्त आवास भवन  सरकारले तोकेको  “गोसिवोन ” मा समेत दर्ता नभएको बताइएको छ l

कोरियामा आवास भवनमा  आगोलागेर यति धेरै मानिस हताहत भएको सन् २००८ पछिको पहिलो घटना हो l सन् २००८ मा योंगिन स्थित एक आवास भवनमा आगलागी हुदा ७ जनाको मृत्यु भएको थियो l

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here