कोरियाको एक पपगीतले बनायो युट्युबमा सवैभन्दा धेरै हेरिएको म्युजिक भिडियोको रेकर्ड (भिडियो सहित)

10468

दक्षिण कोरियाको एक पपगीतले युट्युबमा सवैभन्दा धेरैले हेरिएको म्युजिक भिडियोको रेकर्ड बनाएको छ । पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडियाोको कीर्तिमानी रेकर्ड बनाएको हो ।

किल द लभ नामक भिडियोले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको छ। युट्युबका अनुसार पहिलो दिननै सो भिडियो पाँच करोड ६७ लाख पटक हेरिएको थियो। भने आज ९ तारिख सम्म हेनेको संख्या १३ करोड नाघिसकेको छ ।

यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडियोको कीर्तिमान पनि ब्ल्याकपिङ्कले राखेको छ। सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन्। ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो। यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ुडु डु डुु भिडिओ युट्युबमा सबैभन्दा बढी हेरिएको कोरियाली पप भिडियो बनेको थियो।

प्रतिक्रियाहरू