कोरियाको एक सुरुङ मार्ग भित्र बस र ट्रक ठोकिएर आगलागी हुदा ५ जनाको मृत्यु २९ घाइते

523

दक्षिण कोरियाको ग्वाचेओन क्षेत्रको एक सुरुङ भित्र आगलागी हुदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन l पश्चिमी बन्दरगाह सहर इन्छन लाइ सेओङनाम शहरसँग जोड्ने एक्सप्रेसवेमा रहेको ग्वाचेओनमा उक्त दुर्घटना भएको थियो l

दमकल अधिकारीहरुका अनुसार सुरुङ भित्र बस र ट्रक ठोक्किएपछि भएको आगलागीमा परि उक्त संख्यामा मानिसहरु हताहत भएका हुन l घाइते मध्ये ३ जनाको अबस्था गम्भीर छ l दुर्घटना बिहिबार दिउसो १ बजेर ४९ मिनेट जादा भएको थियो l

अधिकारीहरूले उद्धार कार्यको नतिजाको आधारमा मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन l

घटनास्थलमा ७७ बटा दमकल, १९० दमकल अधिकारि र केहि हेलिकप्टर पठाइएको छ l दिउँसो ३ बजेर १८ मिनेट जादा आगोलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।