कोरियाको कमाई अनुभुति : दुई तिनलाखको समाचारले आलो घाउमा नुन चुक हाले जस्तो

875

बुझ्निलाई यो कुरो गहिरो छ।नबुझ्निलाई घरछेउमै पहिरो छ भने जस्तै ६० बर्ष अगाडि लँडाईले खरानी भएको कोरिया र नेपालको प्रतिव्यक्ति आय बराबर थियो भन्दा कटक्कै मन भक्कानिन्छ।युद्धले थिलोथिलो भएको कोरियालाई नेपालले खाद्यान्न सहयोग गरेको गौरवपुर्ण ईतिहास र बर्तमान अवस्थालाई नियाल्दा यो अवधिका नेपालका शासकहरुलाई जति सराप गरेनि थोरै हुन्छ।धैरै भन्नै पर्दैन।दक्षिणकोरिया ३४हजार डलर प्रतिव्यक्ति आयमा रमाईरहेको छ।मेरो देस अझै ७ सय डलरमा हराई रहेको छ।एशियाको बाघ बनेर उदयीमान अर्थतन्त्रकोसाथमा सुखि र संवृद्ध बिकसित राष्ट्रको पहिचान बनाउन सफल भयो।बाध्यताको खुसि भन्नु पर्छ आज यहिदेसले हामि ५०हजार नेपालीका होनाहार छोराछोरीलाई आकर्षक रोजगारी दिएर गरिबीको दुस्चक्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ।भर्खरै कोरियाको १०हजारको कोटा भएको श्रम बजारमा काम गर्न लालयित ९३ हजारको आवेदक युवायुवतीको लामो लर्कोले देसको भयावह बतॉउछ।अझ साढे नौ हजार भाषा परिक्षा उतिर्ण गरेर पनि कोरिया जान नपाएको अवस्थाले ईपिएस पिडित को ब्यानरमा सडकमा छताछुल्ल राष्ट्रिय स्वाभिमानको खिल्लि उडिरहेको छ।के नेपालमा सोचे जस्तै छ त कोरिया?अँ ह पटक्कै छैन।कोरिया आक्रामक कामै गरेर धनि भएको देश हो।यॉहाको रोजगारीको परिप्रेक्षमा सकरात्मक यथार्थ चित्रण यस लेखको उद्देश्य हो।

आकाशैमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ, चौतारीको बर ,नसोधे हुन्थियो म दुखिको घर।भर्खरै पराई घर आएकि मनभरी उकुसमुकुस भावना बोकेकि नेपाली चेलीको बेदना समेटीएको लोकगीत सॅग ठ्याक्कै मेल खान्छ कोरियामा काम गर्ने प्रवासि नेपालीहरुको अवस्था।उनिहरु आफनो पिर ऑफैभित्र गुम्साएर राख्न बाध्य छन।हजारौ सपना बोकेर सुन्दर कल्पनामा रमाउदै झिलमिली कोरीया प्रवेश गर्दा त खुसि नै लाग्छ तर वास्तविकता अलि पर छ।

फरक जिवन शैलीसॅग दुखका भयड़कर पाहाड चढनुपर्ने कठिन यात्राको शुरूवात काम शुरु गर्दाको दिनमा नै जोकोहिले अनुभुति गर्दछ।ऑफु र ऑफ्नो परिवारको सुन्दर भविष्यको लागि बाउन्न हन्डर त्रिपन्न ठक्कर खान विवस छन।अर्थात नेपालमा जति आकर्षण छ कोरिया रोजगारीको परिस्थिति त्यस्तो छैन।सुरक्षित र भरपर्दो गन्तव्य बिकसित राष्ट्र भनेपनि श्रम कानुन द्वारा कृषि मजदुरलाई बिभेद गरिएको छ।दुर्घटना बिमा स्वास्थ्य उपचार एवंम अन्य सेवा सुविधा बाट कृषि मजदुरहरु बन्चित छन।लगातार बार घन्टा काम गर्नु पर्ने हुन्छ ।

नेपालीहरु हाल सम्म उद्योग र कृषि क्षेत्रमा कार्यरत छन।उद्योगमा काम गर्ने नेपालीहरुले महिनामा चारदिन छुट्टि पॉउछन।नेपालमा औसि र पुर्णियाको दिन हल बारे जस्तै मुश्किलले महिनाको दुईदिन छुट्टी हुन्छ ।यो पनि साहु गतिलो भए मात्र हो।काम हुने महिनामा नहुन सक्छ ।

तलव समयमा नदिने ।न्युनतम सरकारले तोकेको दिन समेत आनाकानि गर्ने।खाना ऑफै वनाउने खानु पर्ने छुट्टै पैसा नदिने।अझ बत्ति पानी नेटको पैसा काटने। होस्टेलमा अतिआवश्यक सुविधा र सुरक्षाको अभाव पनि खटिरहेको हुन्छ ।ददुरव्यवहारका घटना दैनिक बढदो छन।काम हुॅदा बेस्करी लदाएर जाडो मौसममा खेतिपातिको काम कम हुनि समयमा बेरोजगार भएर बिभिन्न चर्च र सेल्टरमा शरण लिने कामदारको भिड देखिन्छ। एक्लै दुक्लै काम गर्नुपर्ने मजदुरलाई सॅधै सुरक्षाको चिन्ताले सताउछ।सॅगै एउटै उडानमा आएका साथिहरूको घर घडेरीको जोरजाम भईसक्ता कतिलाई त घरखर्च जुटाउन धौ धौ हुन्छ ।थिलोथिलो भएको अचनाको पिर खुकुरीलाई थाहा नभए जस्तो कोरिया गएकोलाई नि एस्तो हुन्छ ? पत्याउनै गारो हुन्छ ।

कोरियाको हुनि औसत तलव स्केल १६/१७लाख वन हो।नेपाली सरदर एकलाख साठि हजार हो।महड़गो बेसाहा खानुपर्ने हुनाले एक डेडलाख बचाउन बडा मुश्किल हुन्छ ।घन्टाको ८हजार ३००वन ज्याला कायम भएपछि कंपनिहरुले ओभरटाईममा व्यापक कटौति गरेका छन।खाना तथा आवासको रकम काटन पाउने नियम भए पछि तलव बढेको कुनै अर्थ भएन।कागलाई बेल पाकेर हर्ष न बिस्मात छ।औद्योगिक क्षेत्रमा ओभर टाइम खाना सुविधा बोनस पाउने हुनाले कृषि कामदारको भन्दा केहि बढि हुन्छ ।यसरी समान कामको लागि दोस्रो दर्जाको जीवन जिउनुको पिडा सहेर बस्नु फलामको चिउरा सरह भएको छ।नोभेम्वर देखि मार्च सम्मको काहाली लाग्दो माईनस 25डिग्री सम्मको कठाड़ग्रिदो जाडो होस या जुलाई अगस्ट महिनाको प्लास्टिक घर भित्रको 40/45 डिग्रीको उखर्माउलो गर्मी होस काम नगर्नुको कुनै बिकल्प छैन।दिसापिसाव गर्न गको समय पनि हिसाब गर्नि साउ परे क्यारनी हो?कसैलाई त्यस्तो नि पर्न सक्छ।

पुल्पुलिएका अहिलेका भर्खरै प्लस टु पास गरेर कोरियाको झिलिमिली रंगिन संसारको कल्पना गरेर सिरानीभरी पैसा राखौला भनेर सुन्दर भविष्यको प्रतिक्षामा रमाईरहेका भाई बैनिलाई भन्नै पर्छ ।कोरियामा चुहुनि पहरोमा दिनभरी घन ठोक्नु भन्दा गाहरो हुन्छ ।यि सवै हल्लाहरु हुन सक्छन तिमिले सुनेका।अनलाईनमा पत्रिकामा छापिने दुई तिनलाख मासिक कमाई हुन्छ भनेर आउनी समाचारले हामि मजदुरको आलो घाउमा नुन चुक हालेर चहर्याएको जस्तै अनुभुति दिलाउछन।डे नाईट चल्ने कंपनी,रातिको काम बाहेक औसतमा सरदर नेपालीको कमाई डेडलाख हो।यॉहाको खर्च कटाएर नेपाल पठाउनि रकम यो भन्दा कम पनि हुन सक्छ।सरकार र कोरियन सरकारले नेपाली मजदुरको दयनीय अवस्थाको उचित संवोधन गर्न ढिलो भैसकेको छ।

राम्दि पुल तर्ने,बॉचे त हुम्ला भेट ,मरे के गर्ने? यो कारुणिक लोकगित गुञ्जन्छ कोरियाको रोजगारीमा।जुनसुकै मुलुकमा पनि बिदेसिलाई दिईने काम भनेकै थ्रि डि हुन।जोखिम,कठिन,फोहर यि चुनौतीलाई आत्मसाथ नगरी सुखै छैन।अलिकति मिस्टेक हुनासाथ जीवन लिला समाप्त हुन्छ ।लगातार एउटै कामले गर्दा आउनी समस्याले जिउँदै मारीरहेको हुन्छ।कार्यस्थलमा हुने चोटपटक,अंगभंग प्रतिकुल स्वास्थ्य अवस्था लिएर घर फर्कनु पर्ने कष्ट छँदैछ अझ सुतैको ठॉउमा हुने डर लाग्दो मृत्यु श्रृंखला काहाली लाग्दो छ।भाषाको ज्ञान नहुनु,पारिवारिक दवाव,केटीसाथि केटासाथिको दवाव,छिटो पैसा कमाउने लोभमा आराम नपुग्नु,गलत साथिभाईको सँगत,आफन्तका नानाथरी माग,भ्रमपुर्ण नकरात्मक समाचारका कारण डिप्रेसन बढदै गएर आत्महत्या सम्मका उदाहरणहरु हरेक हप्ता घटिरहेका छन।रातो टोपि र निलो ज्याकेट लगाईदिएर बिदा गरेको नेपाल सरकार र स्वागत गरेको नेपाल सरकार यो बिकराल समस्यामा गंभिर हुनु पर्दैन?

कठिन संघर्षले पनि जिवनमा अदम्य साहस र उर्जा भरिदिदो रहेछ।आज कोरियाको काम गरेर फर्केका युवायुवतिहरूलाइ अव फेरी के गरुला भन्ने चिन्ताले पिरोल्दैन कोरियाबाट फर्केका युवाले केहि राम्रा उदाहरण पस्किन सफल भएका छन।पक्कै पनि चुनौति धेरै छन तर संभवना र अवसर उत्तिकै छन।नियालेर हेरेमा मडारिएको कालो बादलमा पनि चाॅदीको घेरा हुन्छ भने झै ५० औ हजारौको संख्यामा रहेका व्यवाहरीक तालिम प्राप्त यो जनशक्ति नेपालको बिभिन्न क्षेत्रमा परिचालनको नीति सरकारले ल्याउनी हो भने सुखि नेपाली संवृद्ध नेपालको सपना साकार हुनेछ।आशा गरौ यस तर्फ दुवै सरकारको चासो बढने छ।भविष्य हाम्रो हातमा छ।धन्यवाद
(हरिराम भन्डारी,पोखरा,हाल दक्षिणकोरिया

प्रतिक्रियाहरू