कोरियाको कृषिबाट के सिक्ने?

920

तॅपाई साठि हजारको लाईन बसेर इपिएसका उन्नाईस वटा प्रक्रिया पार गरेर बल्ल कोरियामा आउनु भयो। छ घन्टा जेट चढेर थाक्नु भएको तॅपाई ईन्छन अन्तराष्ट्रीय बिमानस्थलमा ओर्लिएपछि तिरीमिरी झ्याॅई पर्नु हुन्छ । एकातिर हाम्रो परिबेस अर्कोतिर यो चमत्कार ।सगरमाथा हेर्दै आएका तॅपाईका ऑखाले एकैचोटी समुन्द्र नियाल्छ।बिद्युतिय रेल चढेर इयरपोर्टको आगमन कक्षमा पुग्नुहुन्छ।डिजिटल दुनियामा प्रवेस गर्नु भो।मन भरीका रहर कौतुहुलता बिछोडको पिडा भुलाउने यि दृश्य तॅपाईका अविस्मरणीय क्षण हुनेछन।समुन्द्रमा रेल कुदेका आठ लेनका बाटो कमिलाका ताॅति झै गुडेका सवारी साधन देखेर लठ्ठै परिन्छ।
आधुनिक युगमा बिकसित देसहरुमा भएका बिकासका चमत्कारलाई नजिकबाट हेर्न छाम्न पाईने बैदेसिक रोजगारीकोअर्को मिठो उपाहार पनि हो। जिटुजी भिषा लाएर दलालको मुखै नहेरी सपनाको देस कोरिया आउने निम्नमध्यम बर्गका आम प्रवासी मजदुरको मनोवल उच्च रहन्छ।

म उहिलेका लाउरेबाले जसरी पॅलेटी कसेर सुनाएका परदेसका किस्सा सुनाउन गएको छैन।न त लडाईमा जीत्न गरिएका रोमांटिक रणनीति नै छन।कोरियाको अनावश्यक प्रचार गरेर थप लाईन बढाउनी र नेपालका बाॅझो बारी रित्तो खोरिया बनाउन प्रेरित गर्ने मनशाय होईन।बरु चालिस बर्ष अघि संसारकै आठौ नम्बरको गरिव देस कसरी आज आठौ धनि देस बन्न सफल भयो।बिकास के हो?कसरी गर्न सकिन्छ।कोरियामा रहेका हामि पचास हजार नेपाली युवायुवतीका मन मष्तिष्कमा घोतलिरहने प्रश्न हो।

नेपाली युवायुवतिहरू दुई क्षेत्रमा काम गर्छन।एउटा उत्पादन अर्को कृषि।छोटकरीमा मेनु र एग्री भनिन्छ ।जतिपटक भनेनी फेरी भन्नै पर्छ सेवा सुविधामा कोरियामा बिभेद छ। न्युनतम बाहेक कृषिमा बिरलै ओभर टाइम पाईन्छ।आर्थिक स्थितिका आधारमा थोरै मेनुमा परेका मख्ख छन। कृषि मजदुरले भने जानेका श्रम सिप धेरै नेपालमा काम लाग्ने खालका छन।मिल्दो जुल्दो हावापानी पाहाडका खोॅच बारीका कान्लाहरु उस्तै छन।प्रविधि यन्त्र तरिका फरक छ।नेपालको भु बनावट दिगो कृषिका लागि ईश्वरीय बरदान हो।5महिना हिॅउले ढाकिने कोरीयाको कृषिसॅगको साक्षात्कारले दिएको शिक्षा हो यो।तापक्रम मिलाउनमा गरिने खर्च सुको गर्न पर्दैन।बिडम्वना नेपालमा3खेती हूने जग्गा बाॅझो छन।

एकातिर बाॅझो खेत अर्कोतिर भोकोपेट यो अवस्थाको अन्तयको लागि हामि केहि नगर्ने?कोरियामा समुन्द्रमा खेती संभव भयो ।ईजरायलको मरुभुमिमा संभव भयो।हाम्रो खेतियोग्य भुमि दलाल मार्फत कंक्रीट मरुभुमि बनाउनी?हरित क्रांति नगरी टन्न खानीकुराको जोहो नगरी तपाई के गर्न सक्नुहुन्छ?

हो हामि परम्परागत कृषिलाई आमुल परिवर्तन गर्न सक्छौ।अव त हामि कोरियामा जस्तै मुला माथि बन्दा फलाउनी सोच्नु पर्छ । तल्लो गरो खोलेर उपल्लो गरो रोप्नु सक्नी हुनुपर्छ ।हामि डोको मुले आलु होईन राष्ट्रलाई कर तिर्ने सम्वृधिसाली हुनुपर्छ ।दुखि गरिव होईन सुखि र संपन्न किसान हुनुपर्छ ।परदेसिएका आम नेपाली युवायुवतीहरु केकानै पैसा कमाएको फोस्रो धाक देखाएर दमाह जत्रो भुॅडि बनाएर चस्मा लाएर गाॅउमा तोरी लाउरे बन्नु आवश्यक छैन।दिगो बिकासको लागि केहि न केहि नॅया ज्ञान र सिपको दायरा फराकिलो बनाउन सके मातृभुमिको सराप नलाउला।यस्को लागि गणतंत्र दक्षिण कोरियाबाट धेरै कुरा सिक्न सकिन्छ ।जय कृषि जय किसान,भविष्य हाम्रो हातमा छ ।(हरिराम भन्डारी,दक्षिण कोरिया खुवान्जु)

प्रतिक्रियाहरू