कोरियाको कृषि ! बेसार छेउ बनमा,के सोचिछौ मनमा”

409

कोरियाको कृषि हामि उस्तै हावापानी भएका प्रवासि मजदुरको खुल्ला बिश्व विद्यालय हो।स साना पाहाडि खोचहरुमा बिशाल कृषि उत्पादनका किनाराका सॉक्षि भएर दुई शव्द लेख्ने जॉगर ऑउछ।स साना कुरा नेपालॉ नै भएका खेति किसानीका कुरा कस्ले सुन्नि?कस्ले पढ्ने ?तैपनि आफुले देखे जानेका कुराहरुको दस्तावेज गरियो भने पछि केहि काम लाग्ला कि?बिकास भनेको घोक्नु होईन।पढाउनु भनेको कितावमा जे छ तेहि कण्ठ बनाउनु होईन।ब्यवहारिक अभ्यास नगराई कसैले केहि सिकायो भने बिष पिलायो भनेर बुझ्नोस।एस्तै एस्तै परिप्रेक्षमा साधरण गॉउले पारामा नॉगा ऑखाले देखेको लेखेको छु हजुर।

कोरियाको पशुपालन र कृषि क्षेत्र प्राय बनको आसपासमा रहेको छ।एउटा परिवारले एउटै खेतिले जिबिका चलाएर सम्पन्नशाली  किसान बन्ने  कुराले नै ब्यवशायिक कृषिको दैलो उघार्दो रहेछ।अरुको जागिर खानि,गरिव किसान जनताको करको तलव खानि अनि उनैको नमस्कार खानि सेवक नभई शासक पल्टिने प्रवृति घटिया निच मानसिकताको उपज हो।कोरियामा ऑफै साहु हुन कि खोङजाङ गर कि नोङजाङ (खेतिपाती)गर भन्नी उखान छ।

यो बेसार खेतिनै मेरा यि शव्दहरुका पुष्टॉई गर्ने आधारहरु हुन।ऑखाले भ्याए सम्मको बेसार कति लाउन सकेको हो?कॉहा बेच्नि होला?कति पैसा कमाउला?ऑफुलाई २/४बोट लाएर एति ठुला गरामा धान नरोपेर क्यारेको होला? कसम!प्रश्न मात्रै खेलिरहन्छन।
हामिले नेपालबाट ल्याएको बेसार हालेर तरकारी पकाउदा भॉडाकुडॉ धेरै मस्काउन पर्ने  ,टेवल पुछ्न  गारो हुनि कारणले सिक्ताङमा प्रयोग गर्दा आजुमाहरु(केरियन आन्टी)रिसाउँछन।तरकारी ,सुप ,आलुका परिकारमा यसको प्रयोग देखियो।नेपालको झै सर्वत्र प्रयोग देखिएन।औषधिय गुण भएको बेसारलाई तरकारीको मसला भन्दा बढि श्रृगारका सामान बनाउने कच्चा पदार्थका रुपमा परिचित छ।
प्राय :बनका खालिरहेका चौर ,नजिकका ओसेपिला जग्गामा यसको खेति गरेको देखियो।नेपालका सामुदायिक बन वरीपरी यसको खेति गर्न सकिन्छ।यसको शुरुवात  गन्डकि प्रदेस अन्नपुर्ण गॉउपालिकाको तारेपहरो डम्ठि सामुदायिक बनले सामुहिक खेति गरेको समाचार छ।
कम मिहेनतमा बढी उत्पादन लिन र खेर गैरहेको जमिनको सदुपयोग गर्न बेसार खेति गरेर आम्दानी लिन नेपाली किसानहरु पछि पर्नु पर्ने कुनै कारण छ?

प्रतिक्रियाहरू