कोरियाको खाङ्वन्दोमा बिदेशी सहित १६ जना कामदार चढेको भ्यान दुर्घटना ,४ को को मृत्यु १२ जना घाइते

3995

कोरियाको खाङ्वन्दो क्षेत्रको गागोक -म्येओनमा १६ जना कामदार चढेको  ह्युन्डाइ भ्यान दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ l सोमबार बिहान ७ बजेर ३३ मिनेट जादा भएको उक्त दुर्घटनामा परि १२ जना कामदार  घाइते भएको  खाङ्वन आपतकालीन उद्वार केन्द्रलाई  उदृत गर्दै कोरिया हेराल्डले जनाएको छ l

तिब्र गतिको भ्यान अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ l घाइते मध्ये ३ जनाको अबस्था गम्भीर  रहेको छ l मृत्यु हुनेमा ६२ बर्षीय भ्यान ड्राइभर समेत छन् l उक्त भ्यानमा ७ जना बिदेशी नागरिक समेत रहेको जनाइएको छ l तर उनीहरु कुन देशका नागरिक भन्ने वारे खुलाइएको छैन l

उनीहरु एउटा कृषि फारममा काम गर्न  सोमबार सबेरै खाङ्वन क्षेत्रको  होंगसेवन देखि सम्छेक जादै गरेका थिए l  दुर्घटनामा घाइतेहरुको  हाल स्थानीय ३ वटा अस्पतालमा उपचार भैरहेको बताइएको छ l

प्रतिक्रियाहरू